शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १२:३५:३२
२६ वैशाख, दाङ । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल वि.सं २०७३ सालअगाडि उनी शिक्षण पेसामा आबद्ध थिए । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन् ।
‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उनी अरु सबै काम छोडेर यही पेसामा रमाइरहेका छन् । “शिक्षण पेसा अथवा अन्य कुनै जागीर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिए । अहिले यसमै रमाइरहेको छु”, खनालले भने, “कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदै गएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।”
सुरुआती दिनमा चार लिटरबाट दूध बेच्न सुरू गरेका उनले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहेका छन् । त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रीवितरण गर्दै आएको बताउने उनलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाई भैँसीको स्याहारसुसार र दूधको चाजापाँजो मिलाउन भ्याइनभ्याइ छ । परिवारको सहयोग र आफ्नो मेहनतले रु ४० हजारबाट सुरू गरिएको व्यवसायमा अहिले रु ६० लाख लगानी पुगेको खनालको भनाइ छ । “सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गर्थ्यो तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ ।
अहिले मासिक रु एक लाखको कारोबार गरिरहेको छु भने वार्षिक रूपमा करिब रु सात लाखसम्म बचत हुने गरेको छ”, खनालले भने । उनले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताए । उनी स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसाय वृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उनको बुझाइ छ ।
उनी व्यवसायीक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशीन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा राख्छन् । किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ । त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानुन बनाउनसकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उनले बताए । “मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारण जिल्लामा विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर विदेशीन थालेका छन् । यसलाई रोक्न जरूरी छ”, उनले भने ।
डेरीलाई प्रतिलिटर रु ७० मा बिक्री गर्नुहुने उनको सबैभन्दा ठूलो चित्त दुखाइ आफैंले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा सङ्लग्न हुन नपाउनुमा छ । “हामीले नाफाघाटा, दुःख कष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ”, खनालले गुनासो गरे ।
खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उहाँलगायत घोराही उपमहानगरपालिका–२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी
जेठ १६, २०८१ बुधबार
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
जेठ १६, २०८१ बुधबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
सयौं वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
जेठ १६, २०८१ बुधबार
हेलमेट डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने
जेठ १६, २०८१ बुधबार
सोलार प्यानल र आसपासको बस्ती
जेठ १६, २०८१ बुधबार
बिरुवामा नेपाली सेनाको दुईदिने निःशुल्क स्वास्थ्य शिविर
जेठ १६, २०८१ बुधबार
तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु
जेठ १६, २०८१ बुधबार
केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार
जेठ १६, २०८१ बुधबार