कोशीमा बजेट अधिवेशन कि नयाँ सरकार अह्वान ?
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १४:२४:५३
२६ वैशाख, काठमाडौं । कोशी प्रदेश सरकारले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष पुनः स्मरणपत्र बुझाएको छ । गठबन्धनका प्रमुख घटक एमाले–माओवादीका नेताले नयाँ सरकार गठनको आह्वानको माग लिएर भेटेलगत्तै मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयमा पुगेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पेश गरिएको पत्रमा जेठ ११ गते प्रदेशसभाको पाँचौ अधिवेशन आव्हान गर्दै २०८० चैत २६ को मन्त्रिपरिषद् बैठकले निर्णय गरी यसअघि नै सिफारिस गरेको स्मरण गरिएको छ । यसअघि कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थियो । संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई दिएको निर्देशनको समय सीमा सकिएपछि गठबन्धनका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।
विराटनगरस्थित होटल बिगमा आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यसहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका छन् । प्रदेश प्रमुखसँग उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले–माओवादीको संयुक्त बैठक बसेको थियो । एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीले समयमा विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको आव्हान हुने विश्वास व्यक्त गरे ।
आज मन्त्रिपरिषद् बैठक बसेर उक्त विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय गरेको थियो । सरकारले यसअघि बजेट अधिवेशन आह्वानको सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाख विशेष अधिवेशन बोलाउन गरेको समावेदनअनुसार प्रदेश प्रमुखले वैशाख ६ मा विशेष अधिवेशन आव्हान गरेका थिए ।
उक्त अधिवेशनमा पेश गरिएको संकल्प प्रस्तावमार्फत् विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई गएरातिसम्मको समय सीमा दिइएको थियो । तर, संविधानको धारा १६८ (५) अनुसार आफू नियुक्त भएको सरकार भएकाले एक पटकभन्दा बढी विश्वासको मत लिनु नपर्ने कार्कीले जिकिर गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार