फ्लाईओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १५:१२:१३
♦ मनिष अर्याल
२६ वैशाख, ललितपुर । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्री हटाइएको छ । केही दिनअघि नेपाल फोटो लाइब्रेरीले गरेको फोटो फिचरपछि यहाँको अव्यवस्थित निर्माण सामग्री हटाइएको हो । अव्यवस्थित निर्माण सामग्री राखिँदा सर्वसाधारणले हैरानी खेप्नुपर्ने बाध्यता थियो ।
निर्माण सामग्रीका कारण सवारीजामले सर्वसाधारण सास्ती खेप्नु परेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशनमा निर्माण कम्पनी आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले अव्यवस्थित निर्माण सामग्री व्यवस्थित गरेको सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनले जानकारी दिए । ‘निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोर दोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो,’ उनले भने, ‘निर्माण सामग्री व्यवस्थित गर्ने विषयमा तत्काल कार्यान्वयन गर्न लगाइएको छ ।’ अव्यवस्थित निर्माण सामग्री राखिँदा ग्वार्को चोकबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जोगिएर हिँड्नु पर्ने थियो ।
फ्लाइ ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरुले जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता थियो । जाम खुल्दा सार्वजनिक सवारीहरू पेलिएर आउँदा सर्वसाधारण डराउँदै हिँड्नु पर्ने हुन्थ्यो । साना सवारी साथै ठूला सवारी त्यसरी नै जोगिदै हिँड्नु पर्ने बाध्यता थियो । रड मात्र नभइ फ्लाइ ओभर निर्माण स्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिँड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरूको गुनासो रहेको थियो । निर्माण स्थलमा फलाम र जस्ताले ढाकिएको थियो । निर्माण स्थल ढाकिएका ठूला डिभाइडर भित्रबाट रड निस्किँदा थप समस्या बेहोर्नु परेको सर्वसाधारण सुमन तामाङले बताए ।
सडकमै निस्किएको उक्त रडले ठुलै दुर्घटना निम्त्याउन सक्ने र जोगिएर हिँड्नु पर्ने बाध्यता थियो । कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्य समेत देख्न पाइन्थ्यो । निर्माण क्रममा सडकबाट निकालिएका फलामेबारहरु पनि बेवारिस अवस्थामा फालिँदा थप हैरानी खेप्नु परको सर्वसाधारण यात्रु तामाङले बताए । काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य गरिरहेको हो । फ्लाइ ओभर निर्माणको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार