भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १०:२७:५६
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने छ । बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाइने बताइएको छ ।
शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशन सुरु हुँदैछ । सहकारी ठगीको विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग कांग्रेसले उठाउँदै आएको छ । यसमा पार्टीले खेल्ने भूमिकाका विषयमा आज छलफल हुनेछ । समिति नबनेसम्म अधिवेशनको पहिलो बैठक बाट अवरोध गर्ने रणनीतिमा कांग्रेस छ । २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक अवरुद्ध गर्ने तयारी स्वरूप आज छलफल हुन लागेको हो ।
हिउँदे अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो । कांग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरेको थियो ।
अब शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पनि कांग्रेसले आफ्ना माग उठाउने जनाएको छ । बिहीवार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार