सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १०:५९:१५
२७ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले देशभरका गणपति अर्थात् एसपीहरूलाई निगरानीमा राखेको छ । खासगरी मधेशका आठ जिल्ला, कोशीको झापा, मोरङ, सुनसरी र इलाम, लुम्बिनीका रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा खटिएका एसपीलाई निगरानीमा राखेको हो । सीमा नाकामा तस्करी बढाएको र तस्करहरूसँगको मिलेमतो देखिएमा तथा राजश्वमा गिरावट आएको खण्डमा सशस्त्र प्रहरीको दोष देखिने भन्दै निगरानी बढाएको हो । त्यही क्रममा १३ नं. गण, हेडक्वार्टर पर्साका गणपति प्रहरी उपरीक्षक किशन कर्माचार्य कारबाही स्वरूप काठमाडौं तानिएका छ ।
सशस्त्र प्रहरी पर्साले पछिल्लो समय नेपालतर्फ भारतबाट आउने धानलाई रोकेको तर अन्य सामानलाई सेटिङमा छाडेको उजुरी हेडक्वार्टरमा परेको थियो । त्यसपछि हेडक्वार्टरले कर्माचार्य र उनको टीमले निष्ठापूर्वक जिम्मेवारी बहन गर्न नसकेको, बीरगञ्ज भन्सार र पर्साको सीमावर्ती क्षेत्रबाट हुने अवैध र संस्थागत तस्करी नियन्त्रणमा समेत प्रभावकारी भूमिका नखेलेको भन्दै हेडक्वार्टर तानिएको हो ।
कर्णाली प्रदेशको निरीक्षण भ्रमणमा पुगेका आईजीपी राजु अर्याल काठमाडौं फर्के लगत्तै उनको सरुवा गरिएको हो । दुई महिना अघि मात्रै पर्सा पुगेका डीएसपी सुरज रिजाल पनि अहिले सेटिङमा लागेको स्रोतको दावी छ । भारतबाट आएको सामान उनले केही साताअघि सीमा क्षेत्रमै रोकेका थिए । डीएसपी रिजालले सामान रोकेको थाहा पाएपछि स्थानीय पत्रकार र व्यवसायीले समेत विरोध गरेपछि उनले रोकेको सामान पछि भन्सार विभाग बुझाइएको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य ७ महिनादेखि नं. १३ गण, हेडक्वार्टर पर्सामा थिए, समयावधि नपुग्दै तानिएका एसपी कर्माचार्यको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट राधेश्याम धिताललाई पठाउने तयारी भएको छ । केही दिनअघि मात्र वीरगंज भन्सारस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्ममा कार्यरत सशस्त्र प्रहरीका असईसहित तीन जनालाई निलम्बनको सिफारिससहित छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा पठाइएको थियो ।
खासगरी नेपाल प्रहरीले तस्करीका सामान बरामद गर्न थालेपछि सशस्त्र प्रहरीलाई दबाब परेको थियो । पर्सामा रहेका सशस्त्र प्रहरीले सेटिङमा सामान छिराउन दिने गरेको गुनासो समेत बढेको बेला भन्सार एरिया छलेर ल्याइएका करोडौं रुपैया बराबरका सामानहरू नेपाल प्रहरीले बरामद गरेको थियो । त्यसपछि सशस्त्र प्रहरी मुख्यालयले बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही लगायतका जिल्लाका एसपीहरूको निगरानी बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार