सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १३:४७:३३
२७ वैशाख, काठमाडौं । भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ । यसअघि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो ।
भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना महामारीको समयमा कोविशिल्ड भ्याक्सिन बनाएको हो । भारतको सीरम इन्स्टिच्युटका प्रवक्ताले भने, 'भारतले २०२१ र २०२२ मा उच्च स्तरको खोप हासिल गरेको छ । तर नयाँ भेरियन्टको उदयसँगै पुरानो खोपको माग घटेको छ । डिसेम्बर २०२१ मा, हामीले खोप निर्माण गर्न रोक्यौं र कोभिशिल्ड खोपको आपूर्ति पनि रोक्यौं ।'
सीरम इन्स्टिच्युट अफ इन्डियाले भन्यो, 'हामी विद्यमान सरोकार र सुरक्षा मापदण्डहरूप्रति प्रतिबद्ध छौं । सन् २०२१ मा खोपको प्याकेजिङमा असामान्य साइड इफेक्टको बारेमा जानकारी दिइएको छ ।'
एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेश गरेको कागजातमा पहिलो पटक स्वीकार गरेको छ कि यसको कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्छ । कोरोना भ्याक्सिन पाएका धेरैले खोपको साइड इफेक्टको लागि क्षतिपूर्तिको माग गर्दै यो औषधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।
यो खोपका कारण आफूले धेरै आफन्त गुमाएका र अन्य धेरै अवस्थामा कम्पनीको कोरोना भ्याक्सिनले मानिसलाई गम्भीर नोक्सान पुर्याएको यो मुद्दा दायर गर्ने कतिपयले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर लडेका २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार