कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, आजै शपथ लिने
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १४:१:४१
२७ वैशाख, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले आजै शपथ लिने बताइएको छ ।
संविधानको धारा १६८ '५' अन्तर्गत सरकार गठनको आव्हान भए अनुसार कार्कीले माओवादीको सहयोगमा आजै सरकार गठनको दाबी गरेका थिए । प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।
मुख्यमन्त्री कार्कीले आफू संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार