खडेरीका कारण ट्युबवेलको पानी सुक्न थाल्यो
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १४:५९:४४
२७ वैशाख, गाईघाट । यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सतह सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन् ।
त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० दिनदेखि पानी आउन छाडेको मगरले बताए । त्रियुगा–११ शिवालय टोलका देवराज कार्कीका अनुसार यसपटकको कडा खडेरीका कारण जमिनमुनि पानीको सतह घटेकाले २० फिट मुनिसम्म गाडेको ट्युबवेलबाट समेत पानी आउन छाडेको हो ।
खडेरीले जमिनमुिनको सतहबाट पानी झनै तल घट्दै जान थालेकाले वडा नं १ जोगीदह क्षेत्रमा १७ देखि २० फिटमुनिसम्म गाडिएको ट्युबवेलबाट केही दिनयतादेखि पानी आउन छाडेको स्थानीय कृष्ण ढुङ्गानाले बताए ।
त्रियुगा–२ खैजनपुर र वडा नं ३ भुल्के मोतिगडा क्षेत्रमा खडेरीले जमिनको सतहभन्दा धेरै तल पानी घटेर झरेपछि गाडिएका कलबाट पानी आउन छाडेको मोतिगडाका नन्दीदेव चौधरीले बताए । वडा नं ५ देउरी जलजले क्षेत्रमा पाँच दर्जनभन्दा बढी ट्युबवेल सुकेका स्थानीय परमानन्द चौधरीले बताए । चौधरीका अनुसार यस क्षेत्रमा १७ देखि २० फिट गहिराइका कलबाट पानी आउने गरेकामा अहिले अधिकांश कल सुकेका छन् ।
गाईघाट डिएमगेटका ट्युबेल मिस्त्री पशुपतिदेव चौधरीका अनुसार यसपटक यस क्षेत्रमा खडेरीका कारण २५ देखि ३० फिट गहिराइसम्म जमिनमुनि पानीको सतह घटेको छ । उनले यस क्षेत्रमा झण्डै पाँच सयभन्दा बढी ट्युबवेलबाट पानी आउन छाडेको बताए ।
पानीको सतह सुकेर पानी आउन छाडेपछि कतिपय स्थानीयवासी नजिकैको इनारबाट पानी बोकेर खान बाध्य भएका स्थानीय स्थानीय रोजन चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार