नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार ९:०:१

२८ वैशाख, काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गरिन् । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र देशको समृद्धिका लागि योगदान पुर्याइरहेका नेपालीको कथा दर्शाउँछ ।
अष्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले सृजना गरेका उक्त प्रदर्शनीलाई अष्ट्रेलियाली दूतावासले आर्थिक सहयोग गरेको हो । प्रदर्शनीमा निजी र अष्ट्रेलिया सरकारको छात्रवृत्तिमा अष्ट्रेलियामा आर्जन गरेको सीप र ज्ञान नेपाल फर्केर सिपालु उद्यमी, सामाजिक कार्यकर्ता, ‘सेफ’ वा ‘डिजाइनर’का रूपमा स्वदेशमा नै सम्भावनाको खोजी गरेका वास्तविक कथा समेटिएका छन् ।
यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजदूत भोल्कले प्रदर्शनीबाट विदेशमा गएर अध्ययन गर्ने र काम गर्ने सोच बनाएका अरु युवालाई नेपाललाई नै आफ्नो अन्तिम गन्तव्य बनाउन प्रेरित गर्ने बताइन् । उनले भनिन्, “नेपाली विद्यार्थीको उपस्थितिले अष्ट्रेलिया खुसी हुन्छ तर व्यावसायिक सीपयुक्त नेपालीहरू नेपालको दुरगामी समृद्धि र प्रगतिका लागि यहाँ आएर उपलब्ध सम्भावनाहरूको खोजी गर्न कति आवश्यक छ भन्ने कुराका बारेमा पनि जानकार छ ।”
राजदूत भोल्कले भनिन्, “प्रदर्शनीमा समावेश एघार व्यक्तिहरूको प्रयास, निरन्तको लगाव र सफलताको उत्सव मनाउँछु । उनीहरुको कथाले अरुलाई पनि विश्वभरबाट सीप र अनुभव आर्जन गर्ने र सम्बन्धहरू स्थापना गर्ने र ती सबैलाई नेपालमा ल्याएर प्रयोग गर्ने प्रेरणा मिल्छ भन्ने विश्वास व्यक्त गर्दछु ।”
जो रयान्खन हाल काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययन गरिरहेका छन् । प्रदर्शनीका बारेमा उनी भन्छन्, “घर फर्किनु प्रदर्शनीले दर्शकहरूलाई नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि उपलब्ध सम्भावनाहरूको बारेमा सोच्न आमन्त्रण गर्दछ । यो प्रदर्शनीको उद्देश्य हाल नेपालबाट भइरहेको युवाहरुको विदेशिने क्रमका बारेमा सोच्न र विदेशमा अध्ययन वा काम गरेर स्वदेश फर्कँदा हुने सकारात्मक प्रभावहरूलाई दर्शाउने, त्यसरी फर्कनेहरूको साहसको उत्सव मनाउने रहेको छ । प्रदर्शनीमा राखिएका कथा र अन्य यस्तै लाखौँ कथाहरू नेपालभर भेटिने कथाले विदेशबाट नेपाल फर्कनु कुनै असफलता होइन र यसले आफ्नो क्षमताको खोजी गर्ने नयाँ अवसर प्रदान गर्दछ ।”
प्रदर्शनी महारानी चोकमा जेठ ३ गते सम्म र काठमाडौँ नयाँसडकस्थित भूगोलपार्कमा जेठ ४ देखि जेठ १० गते जारी रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
फागुन ११, २०८१ आइतबार
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
फागुन ८, २०८१ बिहिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते
फागुन १७, २०८१ शनिबार
दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि सप्तरीका किसान चिन्तित
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार
मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते
फागुन १७, २०८१ शनिबार
दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि सप्तरीका किसान चिन्तित
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार
मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते
फागुन १७, २०८१ शनिबार
दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि सप्तरीका किसान चिन्तित
फागुन १७, २०८१ शनिबार