सहकारीका ठग बचाउन सरकारले संवैधानिक निकायदेखि प्रहरीसम्म दुरूपयोग गर्योः कांग्रेस
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १२:५२:२३
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारले सहकारीका बचतकर्ताको रकम ठगेर खुलेआम हिँडिरहेकालाई बचाउन संवैधानिक निकायदेखि प्रहरी प्रशासनसम्म दुरुपयोग गरेको बताएको छ । सहकारीमा नागरिकहरूले बचत गरेको रकम ठगी भएको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति नबनाएर ठग बचाउन संवैधानिक निकाय र प्रहरी प्रशासन दुरुपयोगमा सरकार लागेको कांग्रेसको ठहर छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान बसेको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले संसदीय छानबिन समिति गठन गर्ने यसअघिकै निर्णय सदर गरेको छ । लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको मागलाई कांग्रेसले दह्रो ढंगले उठाउने जनाएको छ ।
अधिवेशन सुरु हुनुपूर्व शुक्रबार दलको बैठकमा सहकारीको रकम अपचलन बारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरूलाई वितरण गर्दै कांग्रेसले माग पूरा गर्न थप दबाब सृजना गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निर्देशनमा प्रहरीले तयार पारेको प्रतिवेदन पनि बाँडिएको थियो । उक्त प्रतिवेदनमा लामिछानेको नाम पनि उल्लेख छ ।
रुपन्देही प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा नाम उल्लेख भएका माथि सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने कांग्रेसको तर्क छ । प्रहरी अनुसन्धानका आधारमा रुपन्देही सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गरेको अभियोजन पत्रमा गृहमन्त्री लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ । यो विवरणका आधारमा संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरूलाई भनिएको छ ।
बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई सरकारले जोगाउन खोजेको आरोप लगाए । सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र हिनामिना अपराध गर्नेलाई जोगाउन सरकारले प्रहरी र संवैधानिक निकाय दुरूपयोग गरेको उनले बताए ।
गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयले आफूमाथि सहकारी प्रकरणमा कहीँ कतै अभियोजन नभएको पत्र दिएको बताएका थिए । यसतर्फ लक्षित गर्दै कांग्रेसले सरकारले संवैधानिक निकाय दुरूपयोग गरेको बताउँदै प्रतिवेदन सांसदलाई बाँडेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार