खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १२:५९:९
![](https://nepalbahas.prixacdn.net/media/albums/khay_0mMnwdv8UE_q5vblXgMxo.png)
२८ वैशाख, चितवन । पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालयले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा खेतबारीमा हाल्ने विषादी र सहकारीबाट उत्पादित खाद्यान्न सामग्री, विषादीसँगै पशुपन्छीका लागि आवश्यक औषधि एकै ठाउँमा राखेर बिक्री गर्ने गरेको पाइएको केन्द्रका प्रमुख सावित्री बरालले जानकारी दिइन् ।
उनका अनुसार अनुगमनका क्रममा जिल्लामा रहेका अधिकांश एग्रोभेटको नविकरण नभएको, अनुमति प्राप्त व्यक्ति पसलमा नबसी गैरप्राविधिक बस्ने गरेको पाइएको हो । उनले भने, “हामीले अनुगमनका क्रममा दुई एग्रोभेट र एउटा सहकारीमा शिल गरेका छौँ, केहीलाई कानुनी कारबाहीका लागि कागजपत्र नियन्त्रणमा लिएका छौँ ।”
सङ्घीयता कार्यान्वयनमा आएपछि अनुगमन हुन नसक्दा व्यवसायीमा बेथिती बढेको पाइएको उनले बताए । अनुगमनका क्रममा कतिपय एग्रोभेट सञ्चालकले सञ्चालन अनुमति नै नलिइकन सञ्चालन गरेको पाइएको उनले जानकारी दिए । सञ्चालन अनुमतिपत्र नलिई सञ्चालन गरेको सहमति उपभोक्ता सहकारी संस्था पदमपुलाई आजको अनुगमनका क्रममा शिल गरिएको उनले बताए ।
सञ्चालकले अनुगमनका क्रममा असहयोग गरेको भन्दै पसलमा सूचना टाँस गरी शिल गरिएको हो । अन्यलाई एग्रोभेटमा बिक्री समय सकिएका विषादी बिक्रीका लागि राखेको पाइएको छ ।
अनुगमनका क्रममा प्रधान एग्रो र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई शिल गरिएको थियो । सो अनुगमनका क्रममा कृषकलाई बिक्री गर्ने समय सकिएका र आवश्यक प्रक्रिया नपु¥याएका एग्रोभेटलाई कानुनी कारबाहीका लागि केन्द्रमा बोलाउने निर्णय भएको उनले जानकारी दिए । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलसहित केन्द्रका कर्मचारीको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार