प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १६:३४:२७
२८ वैशाख, काठमाडौं । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् ।
पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार भण्डारीले जानकारी गराए । त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ ।
राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, दिव्यदेव, आना शर्मा, सुशील सिटौला लगायतको अभिनय रहनेछ । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गर्न लागेका हुन् । यतिबेला अमेरिकामा रहेका उनी केही दिनमा नै नेपाल ओर्लिँदैछन् । दुई हप्ताअघि हवन यज्ञसहित फिल्मको शुभ-मुहूर्त गरिएको थियो ।
फिल्मलाई यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको सह(निर्माता एनिस भुसाल हुन् । अदृत फिल्म्स र मोती फिल्मस्को प्रस्तुति रहेको फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । फिल्ममा प्रदीपले कलाकारकै भूमिका निर्वाह गर्नेछन् । दिव्याको भने यो पहिलो फिल्म हो । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार