गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार २०:४६:३६
२८ वैशाख, काठमाडौं । गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबावलाई अस्वीकार गर्दै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले ‘बाध्य’ पारिए इजरायल हमास विरुद्धको युद्धमा ‘एक्लै खडा’ हुने घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजा सहर रफाहमा इजरायलले लामो समयदेखि गरेको आक्रमणका लागि अमेरिकाले आक्रामक हतियार उपलब्ध नगर्ने बताएपछि नेतान्याहुले यस्तो टिप्पणी गरेका हुन् ।
“एक मात्र यहुदी राज्य इजरायलको प्रधानमन्त्रीका रूपमा म आज यहाँ जेरुसेलमबाट यहुदी नरसंहार स्मरण दिवसमा प्रतिज्ञा गर्दछु, यदि इजरायल एक्लै खडा हुन बाध्य भयो भने इजरायल एक्लै खडा हुनेछ”, नेतान्याहूले भने, “तर हामीलाई थाहा छ कि हामी एक्लो छैनौँ, संसार भरका सभ्य मानिसहरूले न्यायपूर्ण उद्देश्यलाई समर्थन गर्छन्, हामी हाम्रा नरसंहारका दुस्मनहरूलाई हराउने छौँ ।”
उनले ८० वर्षअघि यहुदीहरू रक्षा विहीन हुँदा कुनै पनि राष्ट्र उनीहरूको सहायताका लागि नआएको बताए। “आजभन्दा ८० वर्षअघि यहुदी नरसंहारमा हाम्रो विनाश खोज्नेहरू विरुद्ध यहुदी जनता पूर्णरूपमा रक्षा विहीन हुँदा कुनै पनि राष्ट्र हाम्रो सहयोगमा आएनन्”, मुलुकको वार्षिक यहुदी नरसंहार स्मृति दिवसलाई सम्बोधन गर्दै उनले भने, “आज हामी पुनः हाम्रो विनाशमा आएका दुश्मनहरूको सामना गरिरहेका छौँ, म विश्वका नेतालाई भन्छु कुनै पनि दबाब र कुनै पनि अन्तर्राष्ट्रिय मञ्चको कुनै पनि निर्णयले इजरायललाई आफ्नो रक्षा गर्न रोक्न सक्दैन ।”
नेतान्याहुले एक्लै खडा हुनुपरे एक्लै खडा हुने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक भएमा आफ्नै बलबुताले लड्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित
जेठ २१, २०८१ सोमबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
टी–२० विश्वकप : ओमान र नामिबियाको खेल सुपर ओभरमा
जेठ २१, २०८१ सोमबार
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पेस गरिने
जेठ २१, २०८१ सोमबार
फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक
जेठ २१, २०८१ सोमबार
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
जेठ २१, २०८१ सोमबार
व्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित
जेठ २१, २०८१ सोमबार
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ २१, २०८१ सोमबार