संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार २२:६:५१
२८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयले आज सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ ।
“सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, संसद्को सूचनामा भनिएको छ ।
उक्त दिन सबै सांसदलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसनग्रहण गरिसक्न भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार