चीनमा नेपाली नेतालाई रातो कार्पेट तर नेपाली उत्पादनलाई भने फलामे ढोका !

इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार १९:५४:३३

काठमाडौं । मित्र राष्ट्र चीनमा कम्युनिष्ट पार्टीको सरकार र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार छ । दुवैका आस्था र विश्वासका केन्द्र माक्र्स, लेनिन र माओ नै हुन । हसिँया -हतौडा अंकित झण्डाप्रति दुवैतर्फ ठूलो श्रद्धा छ ।
पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमण पानी–पँधेरो जस्तै हुने गरेको छ । चीनले ज्वाई र भाञ्जालाई जस्तो साड्षोपचारले स्वागत सत्कार गर्दै चीनका विभिन्न शहर घुमाउने कार्यले हालैका दिनमा झन् तीव्रता पाएको छ ।
तर नेपालको वैदेशिक व्यापारको तथ्यांकले भने स्थिति ठीक उल्टो देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको नेपालको वैदेशिक व्यापारको पहिलो आठ महिनाको तथ्यांकमा अघिल्लो आठ वर्षको तुलनामा नेपालको चीनतर्फको निर्यात व्यापारमा करिब २८ प्रतिशतले ह्रास आएको छ । अगरबत्ती, पश्मिना, चाँदीका गरगहना, छाला, मैदा, चिया र ऊनी गलैंचाको निर्यातमा भारी गिरावट आएपछि चीनतर्फको नेपालको समग्र निर्यात ओह्रालो लागेको हो ।
उता चीनबाट हुने आयातमा भने समीक्षा अवधिमा करिब २२ प्रतिशतको बृद्धि भएको छ । चीनबाट आयात हुने प्रमुख वस्तुहरु मध्ये अधिकांश वस्तुहरुमा भएको वृद्धिले गर्दा यो अवस्था सिर्जना भएको हो । परिणामस्वरुप गत आर्थिक वर्षको प्रथम आठ महिनामा नेपालमा चीनबाट भएको आयात एक खर्ब रहेकोमा चालु आर्थिक वर्षको प्रथम आठ महिनामा सो आयात रु. एक खर्ब ३९ अर्ब पुगेको छ ।
चीनले दिने अतिथि सत्कारमा मख्ख पर्दै मुलुकको निर्यात व्यापार अभिवृद्धि गर्ने विषयमा चीनसँग वार्ता नै गर्न नसक्दा चीनमा नेपाली उत्पादनहरुलाई बजार प्रवेश सहज हुन सकिरहेको छैन । बैंकमार्फत भूक्तानीको व्यवस्था गर्न नेपालले अझैंसम्म चीनलाई सहमत तुल्याउन सकिरहेको छैन । दुई तिहाईको कम्युनिष्ट सरकार हुँदा पनि चीनले आफ्नो बैंकको नेपालमा शाखा खोल्ने विषयमा उदाशिनता प्रदर्शन गर्दै आईरहेको छ ।
तीन हजार पैतीस नेपाली बस्तुहरुलाई चीनले नि:शुल्क भन्सार सुविधा प्रदान गरेतापनि गुणस्तरका प्रावधानहरु, क्वारेण्टाइनका व्यवधानहरु र भुक्तानी समस्याका कारण ती सुविधाहरु पनि नेपालले उपयोग गर्न सकिरहेको छैन । नेपालीहरुलाई चीनमा रातो कार्पेट ओछ्याउने भन्दा नेपालका उत्पादनहरुलाई चीनमा रातो कार्पेट ओछ्याउने वातावरण सिर्जना गर्नेतर्फ भने नेपालमा कसैलाई पनि चासो छैन ।
नेपाल-चीन आयात-निर्यात व्यापारकाे तथ्यांक
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार