लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी, दिनहुँ सेवनकर्ता र कारोबारी पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार ९:१०:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/drugs_N80XFdDKA6_RE06ZrTZFf.jpg)
२९ वैशाख, पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेका अवस्थामा वैशाख २४ गते मकवानपुर प्रहरीले तीन युवकलाई पक्राउ गर्यो ।
मनहरी गाउँपालिका-७ माइगङ्गा खोलाबाट लागुऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका-३ निवासी २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ निवासी २७ वर्षीय विवेक प्रजा र हेटौँडा उपमहानगरपालिका-१८ निवासी २२ वर्षीय उत्तम पाख्रिनलाई पक्राउ गरिएको हो । पर्सा राष्ट्रिय निकुञ्जको बाटो प्रयोग गरी लागुऔषध तस्करी गरिरहेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय मनहरीको टोलीले ३६ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
त्यसको दुई दिन नबित्दै वैशाख २६ गते हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट गाँजासहित दुई युवक पक्राउ परे । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ सानोभाबर निवासी १९ वर्षीय विजय तामाङ र रौतहटको वृन्दावन नगरपालिका-१ निवासी ३५ वर्षीय धर्मेन्द्र ठाकुर छन् ।
चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ट ख ३५५७ नम्बरको बस चेकजाँच गर्दा बसमा सवार दुवैको साथबाट पाँच किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गत वैशाख ४ गते पर्सा राष्ट्रिय निकुञ्जको मनहरी-४ माथिल्लो मसिनेबाट गाँजासहित प्रहरीले मकवानपुरको सात जनालाई पक्राउ गरेको थियो । एक क्विन्टल ३० किलो एक सय ५० ग्राम गाँजासहित पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका-४ निवासी २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका-७ निवासी १९ वर्षीय टीकाराम प्रजा, मनहरी गाउँपालिका-५ निवासी ३६ वर्षीय दिपक थापामगर, मनहरी गाउँपालिका–३ निवासी ४४ वर्षीय रामहरि लुइँटेललाई प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीले मकवानपुरमा कडाइ गरेपछि दिनहुँ लागुऔषध सेवनकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन् ।
मकवानपुरमा गाँजा, चरेस, अफिम, ब्राउन सुगर जस्ता प्रतिबन्धित लागुऔषधको कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्न थालेका हुन् । सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने ब्राउन सुगर र नेपालबाट भारततर्फ पैठारी हुने गाँजा ओसारपसारमा संलग्नलाई प्रहरीले दिनहुँजसो पक्राउ गरिरहेको छ ।
सङ्गठित अपराध लागुऔषधविरुद्ध सक्रियता बढाएको मकवानपुर प्रहरीले पछिल्लो तीन बर्षमा ३७ हजार पाँच सय ९६ थान विभिन्न प्रकारका लागुऔषध ट्याब्लेट, ११ हजार चार सय छ किलो चार सय १३ ग्राम गाँजा, एक सय ३८ किलो नौ सय चार ग्राम चरेस, एक सय ६६ ग्राम पाँच सय ७३ मिलिग्राम खैरो हिरोइन र ३३ किलो ३२ ग्राम तीन सय मिलिग्राम अफिमसहित छ सय ३९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सो अवधिमा लागुऔषध कारोबारसम्बन्धी चार सय १३ वटा मुद्दा दर्ता गरिएको छ ।
सीमावर्ती भारतीय बजार पुगेर लागुऔषध सेवन गर्ने र खरिद गरी ल्याउने युवाजमात बढ्दो छ । प्रहरीले सीमानाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरी जाँचलाई कडाई गरेसँगै अधिकांशको साथबाट लागुऔषध बरामद हुने गरेको छ ।
लागुऔषध सेवन र कारोबारी आरोपमा पक्राउपर्ने अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । पक्राउपर्ने युवाहरु अभिभावकको निगरानीमा नभएका युवा हुने गरेको हेटौँडा उपमहानगरपालिका-४ का स्थानीय अगुवा रुपेश थापाले बताए ।
पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको बहकाउमा परेर दुर्व्यसनमा फस्ने गरेको उनको भनाइ छ । “यसअघि प्रायःजसो मधेसी समुदायमा लागुऔषधको दुर्व्यसनी देखिँदैन थियो”, उनी भन्छन्, “तर पछिल्लो समय हरेक समुदायका युवा जमातमा ह्वात्तै त्यसको लत देखिन्छन् ।”
“छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्नो छोरा लागुऔषध दुर्व्यसनमा लागेको पत्याउँदैनन्”, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल भन्छन्, “लागुऔषधको दुर्व्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घरपरिवार आफैँ सचेत हुनुपर्छ ।”
भारतबाट भित्रिने लागुऔषध र मकवानपुरमा हुने गाँजाखेतीलाई निरुत्साहित गर्न विशेष अभियान नै चलाउँदै आएको प्रहरी उपरीक्षक रिजालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार