प्रधानमन्त्रीको रबैया र सभामुखको भूमिकाप्रति कांग्रेस रुष्ट
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार १३:१५:२९
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे संसद बैठक सहज रुपमा चल्न नदिने पक्षमा उभिएको बताएको छ । संसदीय छानबिन समिति नबनाएर संसदलाई प्रभावित बनाउने काम प्रधानमन्त्रीबाट भएको कांग्रेसको भनाइ छ ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकले संसदको अवरोध हटाउन सरकार र सभामुख संवेदनशील नबनेको निष्कर्ष निकालेको छ । कांग्रेसले अब संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न पार्टीको संसदीय दलको बैठक पनि बोलाएको छ । आज बसेको पदाधिकारी बैठकले सभामुख देवराज घिमिरे र सरकारको रवैया गलत रहेको निष्कर्षसहित सोमबारका लागि दलको बैठक बोलाउने निर्णय गरेको छ ।
आजको बैठकमा अहिले देखिएको गतिरोध अन्त्य र अरू विभिन्न विषयहरूको बारेमा छलफल भएको थियो । शुक्रबार सभामुख देवराज घिमिरे र अरू दलहरूसँग पनि छलफल गरेर गतिरोध पनि अन्त्य गरौँ भन्दा भन्दै सरकारले रवैया देखाइयो त्यो गलत छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भन्दै गर्दा जसरी कार्यसूचीमा पेस गरियो, यसले सरकार छानबिन समिति बनाउन नदिने भन्नेमा उद्धत रहेको कांग्रेसको आजको निष्कर्ष हो ।
आगामी संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न वैशाख ३१ गते संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठकबाट संसदभित्र आफूलाई कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गरेर अघि बढ्ने कांग्रेसले जनाएको छ । गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउने तर्फ सरकार अगाडि बढे त्यही अनुसार रणनीति बनाएर अगाडि जाने कांग्रेसको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार