यातायात कार्यालय बाराले ४ महिनामा वितरण गर्यो ५ सय भन्दा बढी लाइसेन्स, २ करोड भन्दा बढी राजश्व संकलन
आबिद हुसेन
बैशाख ३०, २०८१ आइतबार १३:२०:४७
३० वैशाख, वीरगंज । यातायात व्यवस्था कार्यालय बाराले स्थापना भएको ४ महिनामै दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । गएको मंसिर २५ गतेबाट बाराको सदरमुकाम कलैयामा कार्यालय स्थापना गरेर सेवा सुरु गरेको यातायात व्यवस्था कार्यालयले विभिन्न शीर्षकमा २ करोड भन्दा बढी राजश्व संकलन गर्न सफल भएको हो ।
कार्यालयले सबैभन्दा बढी सवारी कर तथा नवीकरण शीर्षकमा राजश्व संकलन गरेको छ । जसमा १ करोड ७५ लाख ४५ हजार रुपैयाँ संकलन भएको कार्यालयका प्रमुख नवाज हुसेनले जानकारी दिए ।
यस्तै पटके दस्तुर बापत १० लाख ९५ हजार, सवारी चालक अनुमति पत्र नवीकरण बापत ६ लाख ५२ हजार, नयाँ सवारी अनुमति पत्र शुल्क बापत ५ लाख ८ हजार, नयाँ सवारी अनुमति पत्र इन्ट्री शुल्क बापत १३ लाख ८१ हजार, वर्ग थप इन्ट्री शुल्क बापत २ लाख १७ हजार र सवारी अनुमति पत्र वर्ग थपको शुल्क बापत २३ हजार रुपैयाँ संकलन भएको उनले बताए ।
मधेस प्रदेश सरकारले ४ महिना अघि मात्रै संचालनमा ल्याएको यस कार्यालयले सवारी चालक अनुमति पत्र वितरण, नवीकरणका साथै सवारी दर्ता, सरुवा, नामसारी, बाटो इजाजत, जाँच पास तथा प्रदूषण परीक्षण जस्ता कार्य गर्ने जिम्मेवारी समेत पाएको छ ।
कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने गरी आफूहरूले सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख हुसेनले बताए । कार्यालय प्रमुख हुसेनले जनशक्ति कम भए पनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रवाह गरिरहेको पनि उनले बताए । यातायात व्यवस्था कार्यालय बाराको सम्पूर्ण सेवाहरु अनलाइनमार्फत प्रदान गरिने भएकाले कुनै पनि काम बिचौलिया मार्फत नगराउन पनि उनले सेवाग्राहीलाई आग्रह गरे ।
उक्त कार्यालयमा लाइसेन्सका लागि फागुन २३ गतेबाट नयाँ तथा थप वर्गका लागि आवेदन खुलेको तथा उक्त कार्यालयमा अहिलेसम्म एक हजार १९० जनाले दिएको आवेदनमा ५५८ जना मात्र पास भएर सवारी चालक अनुमतिपत्र लिने अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
अहिले धेरैजसो मोटरसाइकल र कारका लागि लाइसेन्स बनाउन आउने व्यक्तिहरू पढेलेखेका भएर लिखितमा पास भए पनि प्रयोगात्मक परीक्षामा फेल हुने गरेको उनको अनुभव छ । सवारी चालक अनुमतिपत्र बनाउन वीरगञ्ज र हेटौंडा धाउनु पर्ने बाध्यता अहिले हटेको उनी बताउँछन् । यातायात कार्यालय बाराले कार, मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्याक्टरलगायतका सवारी साधनहरुको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमतिपत्र वितरण गर्ने काम गर्दै आएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार