बागलुङपानी–भुजुङ सडक स्तरोन्नती हुँदै
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १३:३३:९
३० वैशाख, लमजुङ । लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डमा स्तरोन्नतीका काम सुरूभएका छन् । यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
कार्यालय प्रमुख इञ्जीनीयर विवेक सिग्देलले सडकअन्तर्गत घलेगाउँसम्म १० किलोमिटरमा कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटरमा ग्राभेल गर्ने काम भइरहेका जानकारी दिए । ठेकेदारको लापरबाहीका कारण वर्षौदेखि अलपत्र रहेको सो सडकमा गत माघ महिनादेखि काम अगाडि बढेको र हाल कालोपत्रलगायतका काम भइरहेका उनको भनाइ छ ।
कार्यालयका अनुसार घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी कान्छाराम–नाना जेभीले विसं २०७६ असोज ३० गते सम्झौता भएको थियो । विसंं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने भनिए पनि विभिन्न कारणले सोसम्बन्धी कार्य अधुरै थिए । अन्तिमपटकका लागि वि.सं २०८० चैत २२ गते पुनः म्याद थप भई आगामी असोजसम्म कार्यसम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इञ्जीनीयर सिग्देलले बताए ।
सडक कालोपत्रे तथा ग्राभेलका लागि रु ३४ करोड ७७ लाख १४ हजार चार सय १० मा सम्झौता भएको सो योजनामा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको र रु बीस करोड ४० लाख खर्च भइसकेको सिग्देलले जानकारी दिए ।
क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पटक पटकको प्रयासपछि सडकको काम सुरूभएको र सडक निर्माणपछि घलेगाउँ तथा भुजुङमा सञ्चालित घरबासमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भई आर्थिक क्रियाकलापमा समेत बढोत्तरी हुने अपेक्षा गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार