दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १३:४९:२५
३० वैशाख, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि आजदेखि ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिले एक कार्यक्रमबीच ई–लाइब्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले शुभारम्भ गरेका हुन्।
ई–लाइब्रेरीको उद्घाटनका क्रममा अध्यक्ष भण्डारीले शिक्षण सिकाइलाई प्रविधियुक्तसँगै प्रभावकारी बनाउन यस कार्यले सघाँउ पुर्याउने विश्वास व्यक्त गरे । लाइब्रेरी शाखाका प्रमुख हरि ढकालका अनुसार सुरुआतीका क्रममा पाँच कम्प्युटर राखेर ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ ।
आवश्यकताअनुसार थप विस्तार गर्दै लैजाने लक्ष्य राखिएको उनको भनाइ छ । उनले ई–लाइब्रेरीबाट विद्यार्थीले केन्द्रीय पुस्तकालयको समन्वयमा इरिसोरेर्सलगायतका शैक्षिक अध्ययन गर्न प्रत्यक्ष सुविधा पाउने बताए ।
क्याम्पसको पुस्तकालय ताथा प्रयोगशाला व्यवस्थापन उपसमितिका संयोजक वेदु गौतमको अध्यक्षतामा भएको ई–लाइब्रेरी उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, सञ्चालक समितिका सदस्य गेहनाथ पोख्रेललगायतले ई–लाइब्रेरीको महत्व र उपयोगिताका विषयमा चर्चा गरेका थिए ।
क्याम्पसले यसअघि भने अध्यापकका लागि ई–लाइब्रेरी स्थापना गरेको थियो । क्याम्पसमा विद्यार्थीका लागि लाइब्रेरी स्रोतसाधनले मजबुत भए पनि हाल सञ्चालनमा रहेको लाइब्रेरी कक्षको भवन भने पर्याप्त नभएकाले छुट्टै भवन निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक बजेटका लागि पहल भइरहेको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिका संयोजक गौतमले बताए ।
ई–लाइब्रेरी शुभारम्भ कार्यक्रममा क्याम्पसका अध्यापक तथा दमक जेसिजका अध्यक्ष रामचन्द्र अधिकारी, क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत पदम घिमिरे, सामाजिक अगुवा दिनेश अधिकारी प्राध्यापक, सञ्चालक समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । पूर्वकै एक ठूलो यस क्याम्पसमा अहिले करिब छ हजार विद्यार्थी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशैक्षिक केन्द्र बन्दै बर्दिबास
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार