बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १४:४९:५७
३० वैशाख, तनहुँ । विगत केही वर्ष पहिला तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दीखोला कञ्चन थियो । यहाँका मानिसले बुल्दीखोलाको पानी प्रयोग गर्दथे ।
अहिले अवस्था बदलिएको छ । प्रदूषणका कारण बुल्दीखोलाको पानी प्रयोग गर्न सक्ने अवस्था छैन । खोला तथा आसपासमा फालिएका फोहरले खोलाका साथै समग्र वातावरणलाई नै असर पुगेको स्थानीय बताउँछन् ।
विगतका दिन सम्झिँदै व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले बुल्दीखोला अहिले नुहाउन लायक नभएको बताए । उनले भने, “मलाई याद छ बुल्दीखोलाको पानी हामीले पनि पिएका हौँ । तर अहिले यति प्रदूषित भयो कि पिउने त कुरै छाडौँ, नुहाउन मिल्ने अवस्थामा पनि छैन ।”
स्थानीय तथा खोला भएर यात्रा गर्ने यात्रुको लापरबाहीका कारण पानी दूषित बन्दै गएको भन्दै यसको सरसफाइमा स्वयं व्यक्ति र समाज लाग्नुपर्ने हड्खलेले बताए । उनले भने, “अहिले सोझै ढल खोलामा मिसाउने गरिएको छ, यसले झनै समस्या थपेको छ । यहाँको ढल सोझै खोलामा मिसाउनु हुँदैन भनेर युवाले अग्रसरता लिनुपर्छ । जनप्रतिनिधिले पनि नगरपालिकामा खोला संरक्षण र ढल व्यवस्थापनमा दबाब सिर्जना गर्नुपर्छ ।” खोला सफा भए जलचर संरक्षण हुने भएकाले यसतर्फ सबैले पहल गर्नुपर्ने उनको भनाइ छ ।
दिनप्रतिदिन बुल्दीखोला दूषित बन्दै गएकाले यसलाई पुरानै स्वरुपमा फर्काउने प्रयास थालिएको वडाध्यक्ष हड्खलेले बताए । दमौलीका युवा अभियन्ता सुदीप गफ्फारको प्रयासमा बुल्दीखोलालाई पुरानै स्वरुपमा फर्काउन बृहत् जनसहभागितामा सरसफाइ गरिएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताए । उनले भने, “यो अभियानमा सबैको सद्भाव र सहयोग हुनु आवश्यक छ ।”
नगरपालिकाको मुख्य चुनौती फोहर व्यवस्थापन भएको उल्लेख गर्दै नगरप्रमुख न्यौपानेले भने, “सहरीकरणसँगै फोहरको मात्रा बढ्दै गएको छ । यसको व्यवस्थापन प्रमुख चुनौती बनिरहेको छ । नागरिकस्तरमा सरसफाइ अभियानका लागि ठूलो समर्थन प्राप्त भएको छ ।”
जीवनमा नभई नहुने तत्व पानी भएको बताउँदै उहाँले पानीलाई स्वच्छ बनाउने अभियानमा नगरपािलकाको सदैव सहयोग रहने बताए । नगरप्रमुख न्यौपानेले नगरलाई सफा र स्वच्छ बनाउन आगामी जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले भने, “पहिलो चरणमा झोलाबाट यो अभियान सञ्चालन गर्न लागेका छौँ ।”
सरसफाइ अभियानको नेतृत्व गरेका युवा अभियन्ता सुदीपले बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्थालगायत स्थानीयबाट साथ र सहयोग पाएको बताए । बुल्दीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको उनले बताए ।
सुदीपले भने, “भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्थाले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेकाले पनि सबैको सहभागितामा सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।”
बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, “महर्षी वेदव्यासले यहाँ हात धोएका भन्ने धार्मिक महत्व छ । सोही कारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गामा देवताको बास छ । पछिल्लो समय यसको स्वरुप फेरिँदा मन खिन्न हुन्छ ।” बुल्दीखोलाको स्वरुप फर्काउन सरसफाइ अभियान निरन्तर जारी रहने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु
साउन ८, २०८१ मंगलबार
पोखरामा डुबेर ३ जनाको मृत्यु
साउन ४, २०८१ शुक्रबार
चन्दा संकलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन
असार ३१, २०८१ सोमबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
यस वर्षको मौद्रिक नीति पारित, घरजग्गा र शेयरबजार नीति लचिलो हुनेमा आशावादी
साउन ११, २०८१ शुक्रबार
पाकिस्तानलाई हराउँदै श्रीलंका महिला एशिया कपको फाइनलमा
साउन १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन १२, २०८१ शनिबार
आज यी चार प्रदेशमा भारी वर्षा हुने
साउन १२, २०८१ शनिबार
कुन ग्रहले गरीब बनाउँछ, यसबाट बच्न के उपाय अपनाउनु पर्छ?
साउन ११, २०८१ शुक्रबार
आजदेखि भेडेटारमा स्काइ टावर सञ्चालनमा
साउन ११, २०८१ शुक्रबार
ओलम्पिकको संदिध षड्यन्त्रमा रुसीको गिरफ्तारीबारे जानकारी नभएको क्रेमलिनको भनाइ
साउन ११, २०८१ शुक्रबार