यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
मुनाफाका महत्वपूर्ण सूचकहरु सबै घटे
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १६:४६:३६
३० वैशाख, काठमाडौं । एनएमबी बैंकका वित्तीय सूचकहरु दिन प्रतिदिन कमजोर बन्दै गएका छन् । बैंकको चालू आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा नोक्सान हिसाबका महत्वपूर्ण सूचकहरु जस्तै खुद ब्याज आम्दानी, संचालन मुनाफा, खुद मुनाफा जस्ता सूचकहरु घटेका छन् भने वितरण योग्य मुनाफा ऋणात्मक रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश दिएन । अहिले पनि वितरण योग्य मुनाफा ऋणात्मक हुँदा शेयरधनी थप निराश भएका छन् ।
यस बैंक संचालक समितिको अध्यक्षमा मनोजकुमार गोयल रहेका छन् । अध्यक्ष गोयल यसअघि एनएबी बैंकमा गाभिएको क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सीईओ थिए । अहिले सञ्चालक हुँदै अध्यक्ष भएका हुन् ।बैंकको संचालक समितिका अन्य सदस्यमा शर्मिला हार्दि प्रकाश, जीवन कुमार कटवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी र शिरीष कुमार मुरारका र स्वतन्त्र सञ्चालकमा बन्दना पाठक तथा कम्पनी सचिवमा प्रमोद कुमार दाहाल रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सुनिल के.सी.देखि डेपुटी सीईओमा सुदेश उपाध्याय र गोविन्द घिमिरे रहेका छन् । त्यस्तै विभागीय प्रमुखहरूमा प्रमोद कुमार दाहाल, नवीन मानन्धर, श्रीजेष घिमिरे, डा.बुद्धि मल्ल, रोशन रेग्मी र पुष्पा अर्याल रहेका छन् ।
कस्तो आयो एनएमबी बैंक लिमिटेडको आर्थिक वर्ष २०८०–८१ के तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् ९ महिनाको अवधिमा बैंकले २ अर्ब २४ करोड खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६८ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा १६.४४ प्रतिशत घटेको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब ४८ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी १४.७२ प्रतिशत घटेको छ । त्यस्तै, संचालन मुनाफा १३.७९ प्रतिशत घटेर ३ अर्ब ३० करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा संचालन मुनाफा ३ अर्ब ८३ करोड थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६.२७ रुपैयाँ हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १९.४७ रुपैयाँ थियो ।
वितरण योग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा ४२ करोड ९२ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ खर्ब २४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९२ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ६.६४ प्रतिशतले मात्र बढेको छ भने कर्जा प्रवाह झिनो अंक १.८१ प्रतिशतले मात्र बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २२.३६ प्रतिशतले बढेर १० अर्ब ९२ करोड पुगेको छ भने संचित मुनाफा ४२ करोड ऋणात्मक छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १५७.१३ रुपैयाँ आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा भने घट्दै २.८६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा २.९६ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ९.१५ प्रतिशत पुगेको छ । स्प्रेडदर ३.९९ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४.१९ प्रतिशत थियो ।
ठूला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा एफ एम ओ, नेदरल्याण्डस रहेको छ । बैंकमा एफएमओको १३ दशमलव ६९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश:
कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण गर्न सकेन । यस आर्थिक वर्ष पनि बैंकले लाभांश वितरण गर्न सक्ने अवस्था हालसम्मको तथ्याङ्कले देखाउँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार