एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १५:३०:५४
३० वैशाख, कैलाली । कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक रु एक हजारका दरले भत्ता वितरण गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआईभी संक्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र मालाखेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरिएको जानकारी दिए ।
उनका अनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआईभी संक्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् । गाउँपालिकाभित्र रहेका एचआईभी संक्रमितको पहिचान गरी उनीहरुलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उनले बताए ।
स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएको सङ्क्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । संक्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
बाँकी छ महिनाको भत्ता एकमुष्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उनको भनाइ छ । साथै पहिचान भएका संक्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन
असोज १७, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
असोज २३, २०८१ बुधबार
नख्खुमा हेलिकोप्टर पुर्याउन नसक्नेहरु अनुगमनको नाममा राज्यकोषको दोहोन गर्दै
असोज २३, २०८१ बुधबार
बडा दशैंको उपलक्ष्यमा काठमाडौं ताराले राख्यो भब्य शुभकामना कार्यक्रम
असोज २३, २०८१ बुधबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान
असोज २३, २०८१ बुधबार
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असोज २३, २०८१ बुधबार
पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको कीर्तिमानी ब्याटिंग
असोज २३, २०८१ बुधबार
यसपालिको दशैंमा केही स्थानमा मध्यम वर्षाको सम्भावना
असोज २३, २०८१ बुधबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
असोज २३, २०८१ बुधबार