बेसहाराको आश्रयस्थल बन्दै बालगृह
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १६:७:५७
♦ सङ्गीता राई
३० वैशाख, सुनसरी । बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो ।
सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई वर्षको नहुँदै आमाले अर्को विवाह गरेपछि उनी आफन्तको सहारामा बस्दै आएका उनी २०७८ सालमा उनको आफन्तको सहयोगमा धरान आइपुगेका थिए । यहाँ आएपछि तामाङले बालगृहमा आश्रम मात्रै पाएका छैनन् उनको पढ्ने रहर पनि पूरा भएको छ ।
पाँच कक्षामा अध्ययनरत उनी पढाइमा अब्बल मानिन्छन् । “यहाँ मलाई सबैले माया गर्नुहुन्छ । पढाइमा पनि सहयोग गर्नुभएको छ”, उनले भने, “हामी सबै जना मिलेर बसेका छौँ ।” तामाङका लागि मात्रै होइन, यतिबेला यो बालगृह उनी जस्तै नौ जनाका लागि आश्रयस्थल बनेको छ ।
कुशल गुरुङ घलेले विसं २०७४ मा दर्ता गरी व्यक्तिगत रु एक करोड २० लाख लगानीमा तीन कठ्ठा जग्गामा बालगृहमा सुरु गरेका थिए । हाल यस बालगृहमा सरकारी, निजीलगायतका क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । सबैको साथ र सहयोगका कारण बालगृह सञ्चालनलाई अझ प्रभावकारीरुपमा सञ्चालनमा हौसला मिलेको घलेले सुनाए ।
“बालगृहमा आश्रय खोज्दै आउने बालक बढ्दैछन्, हामीले एक पटकमा २० जनालाई राख्नसक्ने गरी क्षमताको बालगृह बनाएका छौँ”, उनले भने, “मुख्य उद्देश्य उनीहरुको पालपोषण र शिक्षादिक्षा राम्रो होस् भन्ने हो ।”
सात वर्षको उमेरमा धादिङबाट बालगृह आइपुगेका ११ वर्षे सउल तामाङ पनि आफूलाई यहाँ बस्न र पढाइमा कुनै समस्या नभएको सुनाए । यहाँको वातावरण राम्रो हुनुका साथै घले अङ्कलको मायाले आफूहरु खुसी भएको उनले सुनाए ।
“उहाँहरुले हामीलाई निकै मायाका साथ राख्नुभएको छ, कुनै कमी हुन दिनुभएको छैन”, उनले भने, “पढ्न, खान र बस्नका लागि कुनै समस्या छैन ।” उनी अहिले कक्षा ६ मा पढ्छन् । पाँच कक्षाको नतिजामा उनी कक्षामा तेस्रो भएका थिए ।
बालगृहमा आश्रय लिएकामध्ये बाँकेका १६ वर्षे सन्देश सुनार उमेरका हिसाबले सबैभन्दा जेठो छन् । उनी अहिले कक्षा ११ मा पढ्छन् । “घरमा हुँदा खान पनि समस्या थियो, पढाइ पनि प्रभावित भएको थियो”, उनले भने, “यहाँ बस्न थालेपछि धेरै सहज भएको छ । खान र बस्नको चिन्ता छैन । पढाइ पनि सुध्रिएको छ ।”
भारतका कश्मिरमा जन्मिनुभएका घले बालगृह सञ्चालनमा आफ्नै विगत पनि जोडिएको बताउछन् । दुई वर्षको छँदा आमा गुमाएका घलेले बुबाको माया पनि पाएनन् । दुर्घटनामा आमालाई गुमाएपछि बेसहारा बसेका उनको त्यसपछिको बाल्यकाल दिदीको सहयोगमा चितवन बितेको थियो ।
“मलाई पनि सानैमा आमा गुमाएको पीडा छ, त्यो बेला दिदी अभिभावक बन्नुभयो, अहिले म यी अबोध बालकहरुको अभिभावक बन्न पाउँदा खुसी लागेको छ”, उनले भने, “कुनै पनि बालक बेसहारा बन्नु नपरोस् भन्ने मेरो चाहना छ ।”
उनका अनुसार अहिले बालगृहमा धादिङ, जाजरकोट र बाँकेलगायतका जिल्लाबाट आएका बालकले आश्रय लिइरहेका छन् । बालगृहमा बालकहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको छ । विद्यालयमा पनि उनीहरुले अब्बल बन्दै गएको देखिएको उनको भनाइ छ । बालगृहमा कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीहरु रहेको उनले बताए ।
“बालबालिकालाई राम्रो खान र बस्न मात्रै दिएर पुग्दैन, उनीहरुलाई माया र स्याहारको ठूलो खाँचो हुन्छ, त्यसतर्फ हामी सचेत छौँ, उनीहरुलाई मायाको कमी नहोस् अभिभावकविहीन हुनुपर्दाको दुःख नहोस् भन्नेमा ख्याल राखेका छौँ”, घलेले भने । उनी भविष्यका कर्णाधार भनिने बालबालिकालाई आवश्यक सहयोग गरिरहेको र उनीहरुको आवश्यकताअनुसार सबै सुविधा उपलब्ध गराउने प्रयास गरिरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरी, ललितपुर पुलचोकस्थित राष्ट्रिय बाल अधिकार परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेशमा सूचीकृत भई बालगृह सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बालगृहमा जनप्रतिनिधि, समाजसेवीलगायतले समय समयमा सहयोग गर्दै आएका उनको भनाइ छ ।
बालगृह निर्माणका क्रममा धरान उपमहानगरपालिकाका वडा नं ४ को कार्यालयले प्रवेशद्वारा निर्माण गरिदिएको थियो भने धरानका जनप्रतिधिहरुले श्रमदान गरेका थिए । साथै धरानस्थित सियोन स्कुलले रु ७० हजार सहयोग गरेको थियो । साथै धरान उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख हर्कराज साम्पाङ राईले तीन सय ३७ ट्याक्टर ढुङ्गा उपलब्ध गराएका थिए । घले सन् २०१८ मा नेपाल सरकार र ‘द लाइट हाउस फाउण्डेसन’ नेपाललगायत दर्जनौं सङ्घसंस्थाबाट पुरस्कृत भइसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयसपालिको दशैंमा केही स्थानमा मध्यम वर्षाको सम्भावना
असोज २३, २०८१ बुधबार
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग
असोज २३, २०८१ बुधबार
वरिष्ठ गीतकार विश्व बल्लभको निधन
असोज २३, २०८१ बुधबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
असोज २३, २०८१ बुधबार
नख्खुमा हेलिकोप्टर पुर्याउन नसक्नेहरु अनुगमनको नाममा राज्यकोषको दोहोन गर्दै
असोज २३, २०८१ बुधबार
बडा दशैंको उपलक्ष्यमा काठमाडौं ताराले राख्यो भब्य शुभकामना कार्यक्रम
असोज २३, २०८१ बुधबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान
असोज २३, २०८१ बुधबार
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असोज २३, २०८१ बुधबार
पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको कीर्तिमानी ब्याटिंग
असोज २३, २०८१ बुधबार
यसपालिको दशैंमा केही स्थानमा मध्यम वर्षाको सम्भावना
असोज २३, २०८१ बुधबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
असोज २३, २०८१ बुधबार