संसदीय छानबिन समिति गठनबारे सभामुखले आज पनि सकेनन् सहमति जुटाउन
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १६:५८:५०
३० वैशाख, काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न समिति बनाउने विषयमा सभामुख देवराज घिमिरेले आज पनि सहमति जुटाउन सकेनन् । प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरू बीच आइतबार दिउँसो उनले छलफल गरेका थिए । एमालेले समिति बनाउँदा सरकार जान्छ भन्ने आसयले यसो गर्न नसक्ने बतायो भने कांग्रेस अडान मै रह्यो ।
सिंहदरबारस्थित कार्यकक्षमा सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका थिए । घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल चलाए । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद चल्नुपर्ने र संसद चल्न कांग्रेसले उठाएको माग सम्बोधन हुनुपर्ने विषयमा कसरी सहमति गर्ने भन्दै उनले दलहरुसमक्ष प्रश्न गरेका थिए ।
१ जेठमा सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाहिँ गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
आजको बैठकमा पनि कांग्रेस आफ्नो अडानबाट पछाडि हटेन । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसदको अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने बताए । उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौं । समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन । ’
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीका विषयमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताए । कांग्रेसले नीति तथा कार्यक्रमलाई अरु कुनै विषयसँग सौदाबाजी गर्न नहुने उनले बताए । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारीका विषयमा संसदीय छानबिन गठन गर्ने विषय कानुन अनुसार नमिल्ने जिकिर गरे । उनले कांग्रेसले समितिका नाममा सरकार मागेकाले दिन नसकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार