जेठ १ गते कांग्रेसले संसद अवरुद्ध गरे राष्ट्रपतिलाई शीतलनिवासबाटै नीति तथा कार्यक्रम वाचन गर्न लगाइने
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १७:५५:१७
३० वैशाख, काठमाडौं । सरकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग उठाइरहेको नेपाली कांग्रेसले जेठ १ गतेको संसद बैठक अवरुद्ध गरे शीतलनिवासबाटै राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम वाचन गर्न लगाउने तयारी भएको छ । सत्ता समीकरणमा रहेका मुख्य तीन दल नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच यस्तो सहमति भएको हो ।
नेकपा एमालेका एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार अध्यक्ष केपी शर्मा ओलीले एमाले सांसदहरूलाई यस्तो जानकारी दिएका हुन् । ओलीले कांग्रेसले जेठ १ गते संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्न नदिए राष्ट्रपति कार्यालयबाटै राष्ट्रपति पौडेललाई प्रस्तुत गर्न लगाउने तयारी भइरहेको बताएका हुन् । राष्ट्रपति कार्यालयबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाउने विषयमा अन्य दललाई भने जानकारी छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सरकारका नीति तथा कार्यक्रमबारे राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए । प्रचण्डले छलफलका क्रममा जेठ १ गते कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने भनेको र यदि उसले अवरोध गरेको खण्डमा सरकारले अर्को विकल्प प्रयोग गरेर भएपनि प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएको ति नेताले बताए ।
संसद अवरोध खुलाउने बारे प्रधानमन्त्री प्रचण्डले पनि आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीले सरकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन आफू सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेसले पनि वातावरण सकारात्मक रहेको बताएको छ ।
यता, यसै विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सिंहदरबारमा राखेको बैठकमा पनि समिति बनाउने विषयमा आज पनि सहमति भएन । एमालेले सरकार समस्यामा पर्ने आंकलन गर्दै समिति गठनमा असहमति जनाउँदै आएको छ । जेठ १ मा संसद बैठक बस्नु अगाडि समिति नबने कांग्रेसले अवरुद्ध गर्ने निश्चित छ । यसैले सत्तारुढ तीन दलले राष्ट्रपति निवासबाटै नीति तथा कार्यक्रम वाचन गर्न लगाउने तयारी गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार