मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १९:४:८
३० वैशाख, जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त सरकार गठन हुने भएको छ ।
अब एमालेको नेतृत्वमा माओवादी, लोसपा र जनमतसहितको नयाँ गठबन्धनको मधेश सरकार बन्ने सहमति भएको एमाले केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ले जानकारी दिएका छन् । उनले चारै दलका नेताहरूबीच नयाँ सरकार गठनबारे सहमति भएको भन्दै सामाजिक सञ्जालमा हात मिलाएको संयुक्त तस्विर शेयर गरेका हुन् ।
मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये एमालेका २५, जनमतका १३, माओवादीका र लोसपाका ८ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ । केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेशमा अशोक राई नेतृत्वमा सांसदहरू खुल्न बाँकी छ ।
मधेशमा अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । माओवादी र एमाले सरकारबाट समर्थन फिर्ता लिएसागै उनी अल्पमतमा परिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार