मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार ६:२२:१६
३१ वैशाख, काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेश गर्दै छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने भएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार सरकारबाट समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउन छलफल थालेको थियो ।
छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुङ्गो लागेको छ । नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने एमाले केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ले जानकारी दिए ।
मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ । तर सरकारको दावी गर्न लागेका चार दलसँग ५५ सांसद छन् ।
अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । सत्ता गठबन्धनका एमाले र माओवादी सरकार छाडे पनि नेकपा एसले समर्थन कायमै राखेको छ । यद्यपि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार