त्रिभुवन विमानस्थलबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १०:१२:३७
३१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार चेकजाँच भई निस्कन लागेको अवस्थामा ५ केजी सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई भन्सारले छोडिसकेको अवस्थामा प्रहरीले समातेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन छन् । उनीहरुलाई स्वागत गेट पुगेपछि विमानस्थल प्रहरीले समातेको हो ।
पक्राउ परेका उनीहरुले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको हो । सुरेश कुमारबाट २ किलो ६०० ग्राम र मोहन कुमारबाट २ किलो ५०० ग्राम सुन बरामद भएको छ । यो कपडासहित जोखिएको तौल हो ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट उनीहरू आइतबार बेलुका पौने ७ बजे काठमाडौंमा ओर्लिएका थिए । उनीहरुलाई गौशाला प्रहरी कार्यालयबाट विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मंसिर ६, २०८१ बिहिबार
तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार