प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेसले स्थगित गर्यो संसदीय दलको बैठक
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १०:३३:४७
३१ वैशाख, काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णय कुर्दै संसदीय दलको बैठक भोलि मंगलबार बिहानका लागि सारेको छ । कांग्रेसले दलकाे कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे र संसदीय दल बैठक २ बजेका लागि बोलाइएको थियो ।
आइतबार प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्न सकिने आश्वासन दिएर मंगलबार बिहानसम्म पर्खन कांग्रेसलाई आग्रह गरेका थिए । प्रधानमन्त्री समिति बनाउन सकारात्मक भएको र त्यसअघि दलको बैठक बसेर अगामी रणनीतिबारे निर्णय गर्दा हतार हुने भन्दै कांग्रेसले आजको बैठक स्थगित गरेको जनाएको छ ।
सरकारका तर्फबाट प्रधानमन्त्रीले के जवाफ दिनुहुन्छ, त्यसपछि मात्रै निर्णय गर्ने गरी कांग्रेसको बैठक सारिएको एक नेताले बताए । संसदीय दल कार्यसमिति बैठक मंगलबार बिहान ८ बजे र संसदीय दल बैठक ९ बजे बस्ने तय भएको संसदीय दलले निकालेको सूचनामा उल्लेख छ ।
सरकारले मंगलबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको छ ।
प्रधानमन्त्री प्रचण्डले पनि मंगलबार बिहानसम्म संसदको गतिरोध अन्त्य गर्ने बताइरहेका छन् । संकटग्रस्त सहकारीबारे अध्ययन गरी प्रतिवेदन दिने गरी समिति बनाउन सकिने प्रधानमन्त्रीको भनाइ छ । समिति बनाउन सत्तापक्षमा सहमति नभए कांग्रेसले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने छैन । यो अवस्था आएर राष्ट्रपति कार्यालयबाटै नीति तथा सार्वजनिक गर्ने अर्को तयारी पनि सरकारले गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार