उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार ११:९:३
•दीपक शर्मा
३१ वैशाख बर्दिया । इलाका प्रहरी कार्यालय जयनगर बर्दियाको पर्खाल भत्किएको छ । सामान्य हावाहुरीको बहाव थेग्न नसकेर पर्खाल भत्किएको हो । बारबर्दिया नगरपालिका जयनगरमा नौ दिन अघि मात्र भवनको उद्घाटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी कुबेर कडायतले गरेका थिए । करिब ३ करोड रुपैयाँको लागतमा निर्माण भएको भवन र पर्खाल सामान्य हावाहुरीले पर्खाल भत्किँदा कामको गुणस्तर माथि प्रश्न चिन्ह खडा भएको छ ।
लुम्बिनी प्रदेश सरकारको नियमित बजेट अन्तर्गत निर्माण गरिएको उक्त भवन एम पी कन्स्ट्रक्सन बाँकेले निर्माण गरेको थियो । काम गर्दा केही कमजोरी भएकै कारण पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रवीण धितालले बताए । निर्माण कम्पनीले पर्खाल पुन निर्माण गर्ने उनको भनाई थियो ।
काम गर्दा निर्माण कम्पनीले गुणस्तरहीन काम गरेका कारण पर्खाल सामान्य हावाहुरीमै भत्किएको स्थानीयबासीहरुकाे भनाई रहेको छ । प्रहरीको कार्यालय त्यो पनि निर्माण सम्पन्न भएको नौ दिनमा नै पर्खाल भत्किएपछि भवनको निर्माण माथि पनि प्रश्न चिन्ह खडा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
माघ १, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो
माघ १, २०८१ मंगलबार
आज माघे संक्रान्ति, विभिन्न समुदायले फरक–फरक तरिकाले मनाउँदै
माघ १, २०८१ मंगलबार