निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार ११:५४:२१
३१ वैशाख, काठमाडौं । बाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । बैंकहरुले वैशाखको तुलनामा निक्षेपमा औसत ब्याजदर घटाएर ल्याएका छन् । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम गरेका छन् ।
जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले प्रकाशन गरेको विवरण अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । वैशाखमा बैंकहरुको ब्याजदर औषतमा ७.१४ प्रतिशत रहेको थियो । जेठमा ०.०७ प्रतिशत बिन्दुले घटेर ७.०७ प्रतिशत रहेको छ । जेठ महिनामा १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ७ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । तीनवटा बैंकले जेठ महिनाका लागि ब्याजदर बढाउने भएका छन् ।
ब्याजदर स्थिर राख्ने बैंकमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टयान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे बैंकले जेठमा ब्याजदर स्थिर राखेका छन् । ब्याजदर बढाउने बैंकमा ग्लोबल आइएमई, एनआईसी एशिया र प्रभु बैंक रहेका छन् । ब्याजदर घटाउने बैंकमा नबिल, प्राइम, एभरेष्ट, एनएमबि, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, नेपाल एसबिआई र सिटिजन्स बैंक रहेका छन् ।
जेठमा एनआनईसी एशिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । दुवै बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.८ प्रतिशतसम्म ब्याज दिने भएका छन् । सबैभन्दा थोरै ब्याजद नेपाल एसबिआई बैंकको रहेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.३९ प्रतिशत ब्याज दिने भएको छ । सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै लगेका हुन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.८ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् । त्यस्तै रेमिट्यान्स मुद्दतीमा खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
यसअघि गत वर्षको चैतको तुलना गर्दा निक्षेपको ब्याजदर १.७३ प्रतिशत बिन्दुले घटेको थियो । गत वर्षको चैतमा पनि बैंकको निक्षेपको औसत ब्याजदर ८.२६ प्रतिशत कायम थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा पनि निक्षेपको औसत ब्याजदर ८ प्रतिशत, भदौमा ८.०६ प्रतिशत रहेको थियो । त्यसपछि निरन्तर घटी रहेको छ । गत असोजमा ७.९० प्रतिशत, कात्तिकमा ७.७६ प्रतिशत, मंसिरमा ७.६२, पुसमा ७.३२, माघमा ७.०१, फागुनमा ६.७४ प्रतिशत रहेको थियो । यसरी निरन्तर निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि सस्तिदै आएको छ ।
लागत घट्दा बैंकहरूको आधार दर (बेस रेट) पनि घट्न थालेको छ । चैतमा बैंकहरुको औसत आधार दर ८.९१ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकहरुको औसत आधार दर १.९७ प्रतिशत बिन्दुले घटेको हो । गत वर्षको चैत महिनामा भने १०.४८ प्रतिशत थियो । आधार दर घट्दै जाँदा ऋणीलाई नै राहत हुने गरेको छ । यसले कर्जाको ब्याजदर घटाउँछ । त्यसयता पनि यो दल घटिरहेको छ ।
राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । बैंकहरुले गत साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।
बैंकहरुले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)
बैंक वैशाख जेठ
एभरेस्ट ७ ६.५
लक्ष्मी सनराइज ७ ७
नबिल बैंक ७.२५ ६.७५
नेपाल बैंक ६.७५ ६.७५
इन्भेस्टमेन्ट मेगा ७ ७
प्रभु बैंक ७ ७.५
सानिमा बैंक ७.१ ६.९
सिद्धार्थ बैंकक ७.२५ ७
स्टान्डर्ड चार्टर्ड ७ ७
एनएमबी ७.९७ ७.८
एनआईसी एसिया ७.७५ ७.८
हिमालयन ७.५ ७.५
ग्लोबल आईएमई ७ ७.५
कुमारी बैंक ७.२६ ७.२६
माछापुच्छ्रे ७.२५ ७.२५
सिटिजन्स बैंक ७.५ ७
प्राइम बैंक ७.१ ७
राष्ट्रिय वाणिज्य ६.५५ ६.४
एसबीआई ६.५३ ६.३९
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
पुस महिनाका लागि १४ वाणिज्य बैंकले यथावत राखे ब्याजदरः तीन वटाले बढाए, तीनले घटाए
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार