कांग्रेसले मंगलबार बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १२:२५:३६
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले मंगलबार बिहानसम्म सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने निर्णय कुर्ने भएको छ । आइतबार संसदीय समिति गठन गर्ने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएको भन्दै कांग्रेसले भोलि बिहानसम्म कुर्ने निर्णय गरेको हो ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री प्रचण्डले छानबिन समिति बनाउने भनेकाले साँझसम्म प्रधानमन्त्रीले केही निर्णय दिने र नदिए भोलि बिहान बस्ने संसदीय दलको बैठकबाट थप निर्णय लिने भन्दै बैठक सकिएको एक नेताले नेपालबहसलाई जानकारी दिए ।
उनले भने, ‘छानबिन समिति बनाउन प्रधानमन्त्रीलाई खासै आपत्ति छैन । एमालेको पोजिसन छानबिन समिति बन्नै नदिने छ । तर, पनि प्रधानमन्त्री भने अनुसार हामीलाई विश्वास भएर नै आजको संसदीय दलको बैठक सारिएको हो ।’ यसपछि सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको संसदीय दलको बैठक मंगलबार बिहानका लागि सारिएको छ ।
बैठकमा सोमबार साँझसम्म छानविन समिति बनाउने गरी प्रधानमन्त्रीले पहल लिने अपेक्षा सहितको छलफल भएको थियो । ‘प्रधानमन्त्रीले आज साँझसम्म कांग्रेसलाई बोलाएर छानविन समितिका बारेमा समझदारी गराउने जानकारी दिएका छन् । कांग्रेस बैठकमा सत्तारुढ दलमा एमाले बाहेक अन्य दल छानबिन समितिको चर्को विरोधी नरहेको विषय उठेको थियो । संसदीय छानबिन समितिको पूर्व अडानबाट पछि नहट्ने कांग्रेसको निर्णय भने कायमै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशत छुट पाउने
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार