झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १२:५६:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/hatipaile_NCc7mFxxi5_y49hLopevt.jpg)
३१ वैशाख, बनियानी 'झापा' । झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियान अन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो ।
स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीका अनुसार १५ दिने अभियान अन्तर्गत आठ पालिकामा लक्ष्यअनुरुप औषधि खुवाइएको छ । बिर्तामोडमा सबैभन्दा धेरै एक लाख २० हजार चार सय ४८ जनाले औषधि सेवन गरेका छन् । सबैभन्दा न्यून भद्रपुर नगरपालिकामा ३२ हजार पाँच सय ४८ जनाले औषधि सेवन गरेका उनले जानकारी दिए ।
हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशतभन्दा बढी औषधि सेवन दर आवश्यक रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिर्तामोडले एक सय प्रतिशत, मेचीनगरमा ८१ दशमलव १२, बुद्धशान्तिमा ९१, कनकाईमा ८५ दशमलव १३, शिवसताक्षीमा ८८ दशमलव २६, गौरीगञ्जमा ८६ दशमलव ५९, बाह्रदशीमा ८६ दशमलव ६२ तथा कचनकवलमा ८६ दशमलव ६३ प्रतिशतले औषधि सेवन गरेका छन् ।
यस्तै, अर्जुनधारामा ७४ दशमलव ४४ प्रतिशत, कमलमा ७१ दशमलव ३९, दमकमा ७२ दशमलव ९५, गौरादहमा ६६ दशमलव ९२, झापा गाउँपालिकामा ७६ दशमलव ६८, हल्दिबारीमा ७१ दशमलव ९७ र भद्रपुरमा ४५ दशमलव ७४ ले औषधि सेवन गरेका छन् ।
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर ८० प्रतिशत भन्दा कम रहेको स्थानमा १० दिन थप गरिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । ‘एक पटक खाऔँ, यो वर्ष अन्तिम बनाऔँ’ भन्ने नाराका साथ झापामा वैशाख १६ गतेदेखि ३० गतेसम्म १३ औँ चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भएको थियो । कार्यालयले नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिएको थियो ।
जिल्लामा औषधि सेवनका लागि ६ सय ६ स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
३१ वैशाख, बनियानी 'झापा' झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियान अन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो ।
स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीका अनुसार १५ दिने अभियान अन्तर्गत आठ पालिकामा लक्ष्यअनुरुप औषधि खुवाइएको छ । बिर्तामोडमा सबैभन्दा धेरै एक लाख २० हजार चार सय ४८ जनाले औषधि सेवन गरेका छन् । सबैभन्दा न्यून भद्रपुर नगरपालिकामा ३२ हजार पाँच सय ४८ जनाले औषधि सेवन गरेका उनले जानकारी दिए ।
हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशतभन्दा बढी औषधि सेवन दर आवश्यक रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिर्तामोडले एक सय प्रतिशत, मेचीनगरमा ८१ दशमलव १२, बुद्धशान्तिमा ९१, कनकाईमा ८५ दशमलव १३, शिवसताक्षीमा ८८ दशमलव २६, गौरीगञ्जमा ८६ दशमलव ५९, बाह्रदशीमा ८६ दशमलव ६२ तथा कचनकवलमा ८६ दशमलव ६३ प्रतिशतले औषधि सेवन गरेका छन् ।
यस्तै, अर्जुनधारामा ७४ दशमलव ४४ प्रतिशत, कमलमा ७१ दशमलव ३९, दमकमा ७२ दशमलव ९५, गौरादहमा ६६ दशमलव ९२, झापा गाउँपालिकामा ७६ दशमलव ६८, हल्दिबारीमा ७१ दशमलव ९७ र भद्रपुरमा ४५ दशमलव ७४ ले औषधि सेवन गरेका छन् ।
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर ८० प्रतिशत भन्दा कम रहेको स्थानमा १० दिन थप गरिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । ‘एक पटक खाऔँ, यो वर्ष अन्तिम बनाऔँ’ भन्ने नाराका साथ झापामा वैशाख १६ गतेदेखि ३० गतेसम्म १३ औँ चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भएको थियो । कार्यालयले नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिएको थियो ।
जिल्लामा औषधि सेवनका लागि ६ सय ६ स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन कायमै राखेर कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा
साउन ११, २०८१ शुक्रबार
कोशी सरकारबाट बाहिरिन लाग्यो माओवादी, आज मन्त्रीले राजीनामा दिने
साउन ११, २०८१ शुक्रबार
प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने कोशी मन्त्रिपरिषदको निर्णय
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बुधबार पनि आयो दोलखा भीमसेनको शिलामा पसिना, अनिष्ट हुने मान्यता
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
१७ वर्षीय युवकको मृत्यलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब
साउन १२, २०८१ शनिबार
बागमतीमा जोड घटाउ मिलाएर कांग्रेसका ४ मन्त्रीलाई शपथ गराए पनि एक मन्त्रालय अझै पुगेन
साउन १२, २०८१ शनिबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
तरकारी खेतीबाट नाम र दाम दुवै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी