ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १३:३७:५५
३१ वैशाख, गोरखा । गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्रयाक खुलेको झण्डै ३६ वर्षपछि कालोपत्र भएको छ । वि.सं २०४५ मा ट्रयाक खुलेको १० किलोमिटर सडकखण्डमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर दीपक बस्नेतले जानकारी दिए ।
नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने सो सडकखण्ड कालोपत्रका लागि रु २५ करोड ६३ लाखमा ठेक्का सम्झौता भएको थियो । वि.सं २०७६ मा उक्त सडकखण्ड कालोपत्र गर्न कार्यालयले रौताह–पिके–गोरखा जेभीसँग सम्झौता गरेको उनले बताए ।
सम्झौताअनुसार दुई वर्षअघि नै उक्त सडकखण्ड कालोपत्रको काम भइसक्नुपर्ने भए पनि ढिलोगरी काम सम्पन्न भएको इञ्जिनियर बस्नेतले बताए । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले विनियोजन गरेको बजेटमार्फत सडक कालोपत्र गरिएको उनको भनाइ छ ।
बर्खाका बेला हिलाम्य र हिउँका बेला धुलाम्य हुने सडक कालोपत्र भएपछि स्थानीयलाई आवतजावतमा सजिलो भएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि पनि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुुलोबाट मुक्ति मिलेको गोरखा–३ नारेश्वरका स्थानीय कुमार थापाले बताए । त्यस्तै स्थानीय कृषिउपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुुवानीमा सहज भएको स्थानीयले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार