बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १३:४३:२६
३१ वैशाख, रामेछाप । रामेछाप बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा सम्बन्धन प्राप्त यस शिक्षालयको नेतृत्वले शैक्षिक गुणस्तरलाई ध्यान नदिँदा खस्कँदै गएको सरोकारवालाहरुले बताएका छन् ।
कृषि, भेटेरिनरी, फुड एन्ड डेरी टेक्नोलोजी गरी तीना विषयमा पठनपाठन हुने यस शिक्षालयमा प्रत्येक विषयमा हरेक वर्ष ४०/४० जना भर्ना हुने सङ्ख्या निर्धारण गरिए पनि पर्याप्त प्रचारप्रसारको अभावमा उक्त सङ्ख्या पूरा हुन सकिरहेको छैन ।
फुड एन्ड टेक्नोलोजीमा गत वर्ष एक जना पनि विद्यार्थी भर्ना भएनन् । नेतृत्वको फितलो प्रशासन, कर्मचारीमा समन्वयको कमी, शिक्षकलाई परिचालनको कमी, लामो समयदेखि सरोकारवालालाई छोटो अवधिको तालिमको अभाव, शिक्षालयका बारेमा प्रचारप्रसारको अभाव र जागिरे मानसिकताले विद्यार्थीलाई सक्षम बनाउन नसकेर गुणस्तर खस्किँदै गएको सञ्चालक समितिका एक सदस्यले बताए ।
प्रमुख जिल्ला अधिकारी सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था भएको उक्त शिक्षालयको गुणस्तर खस्कँदै गएपछि पछिल्लो सयममा प्रजिअले केही सुधारका प्रयास गरेको पाइन्छ । त्यसमध्ये यसअघि केही पालिकामा प्रचारप्रसारका कार्यक्रम गरेको, सरोकारवाला र एसईई दिएर बसेका विद्यार्थीसँग अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।
दिगो विकासका लागि दक्ष मानवीय पुँजी निर्माण र मानवसंशाधन व्यवस्थापनको दीर्घकालीन लक्ष्य कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा जीवन विज्ञानका प्रशिक्षक सन्तोष खड्का र शशिश्री पौडेलले विद्यार्थी तथा सरोकारवालालाई राखेर जानकारी गराएका छन्।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले यस बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको निर्धारित सङ्ख्या पनि नपुग्ने अवस्था सिर्जना भएको र फुड एण्ड टेक्नोलोजीमा विद्यार्थी भर्ना नभएको वर्तमान अवस्थामा जिल्ला र पालिकास्तरमा यसको प्रचारप्रसारको अभियान थालिसकिएको बताए ।
उनले बढी भन्दा बढी विद्यार्थीलाई आकर्षण गरेर गुणस्तरीय शिक्षा दिनेगरी शिक्षालयले शैक्षिक क्यालेन्डर बनाएर आफ्नो अभियान सञ्चालन गर्न शिक्षालयलाई निर्देशन दिइसकेको पनि बताए । कार्यक्रमका अवसरमा प्राविधिक शिक्षालयका प्रमुख वैकुण्ठ श्रेष्ठले शिक्षालयको सुधारका लागि आफूले आवश्यक प्रयास गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार