बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १३:५०:१०
३१ वैशाख, बाँके । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक होमस्टे र राप्तीसोनारीको नयाँ गाउँ होमस्टेमा आन्तरिक पर्यटकको संख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।
“नेपालगञ्ज, कोहलपुरलगायतका सहरी क्षेत्रबाट गर्मी छल्न होमस्टे आउने चलन बढ्दै गएको छ”, चौधरीले भने, “पूर्व–पश्चिम राजमार्ग क्षेत्र नजिकै भएकाले बाँके र बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढीमात्रामा होमस्टेमा पाहुना घुम्न आउने गरेका छन् ।”
छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।
थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब पाँच सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । “यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्ला भित्रैका पाहुना यहाँ आइरहेका छन्”, चौधरीले भने, “एकपटक यहाँ आएका पाहुनाहरू फेरि फर्किएर आउने गर्नुभएको छ ।”
गाभर होमस्टे आउने पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको व्यवस्था गर्ने गरिएको छ । स्थानीय स्वादसँगै प्राकृतिक मनोरममा पाहुना आकर्षित हुने गरेको च्यामा होमस्टेका सञ्चालक गणेश दहितले बताए ।
बाँके, बर्दियासँगै काठमाडौँबाट पाहुना घुम्न आउने गरेको उनको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरबाट गर्मी छल्न च्यामा होमस्टे पुगेका प्रज्ज्वल जोशीले समय मिलाएर होमस्टे घुम्न आउने गरेको बताए ।
बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफू कहाँ आउने गरेको नयाँगाउँ सात नं होमस्टेकी सञ्चालक शोभी थारूले बताए । होमस्टे आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरेको उनको भनाइ छ ।
नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रबाट यहाँ दैनिकजसो पाहुनाको चहलपहल हुने गर्दछ ।
होमस्टे नजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार रहेकाले पनि आन्तरिक पर्यटकको चहलपहल हुने गरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताए ।
बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । विसं २०७० मा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरबासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार