निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले दर्ता गराए सर्वोच्चमा रिट, जेठ २ गते पेसी
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १४:६:५८
३१ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । अध्यक्ष उपेन्द्र यादवले आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । निर्वाचन आयोगले दल दर्ताको नीति विपरित कानुनका न्युनतम सर्तसमेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरिदिएको यादवको दाबी छ ।
सर्वोच्च अदालतले यादवको रिटलाई आगामी जेठ २ गते पेसी तोकेको छ । उपेन्द्र यादव स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका भ्रमणमा रहेका बेला नेता अशोक राईले आफ्नो नेतृत्वमा सात सांसद लिएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।
निवेदन दिएको भोलिपल्ट नै आयोगले राई नेतृत्वको समूहलाई जसपा नामसहित दलीय मान्यता प्रदान गरेको थियो । आयोगले अर्को दिन दल दर्ताको प्रमाणपत्र दिएको थियो । राजनीतिक दलसम्बन्धी नियमावलीका आधारमा नयाँ दललाई मान्यता दिएको निर्वाचन आयोगले जनाएको छ । ऐन नै नभएका बेला नियमावली देखाएर दल विभाजन गर्न नपाइने भन्दै आएका यादवले त्यसविरुद्ध सोमबार सर्वाेच्चमा रिट दायर गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार