नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १४:८:२४
३१ वैशाख, कास्की । पोखरामा नयाँ पुस्तालाई लक्षित गर्दै शास्त्रीय संगीत उत्सव गरिएको छ । आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको शास्त्रीय संगीत तथा परम्परागत विभागको आयोजनामा उत्सव गरिएको हो । कार्यक्रममा शास्त्रीय संगीत समाज गण्डकी र विन्ध्यावासिनी धार्मिक विकास समितिले सहकार्य गरेको थियो ।
संगीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति अकर्षण घटिरहेको समयमा नयाँ पुस्तालाई यसबारेमा जानकारी गराउन उत्सव गरिएको शास्त्रीय सङ्गीत तथा परम्परागत विभाग प्रमुख डक्टर किराँतले बताए । प्रदीप सारुमगरको यमन रागबाट सुरु भएको उत्सव नृत्याङ्गना माया थापाको शास्त्रीय कथक नृत्यमार्फत बिट मारिएको थियो । उत्सवमा सङ्गीत र नृत्यका आठ प्रस्तुति राखिएको थियो ।
उत्सवमा गण्डकीका कलाकारले तीन शास्त्रीय सङ्गीतको प्रस्तुति दिएको उत्सवमा काठमाडौँबाट आएका कलाकारका पाँच वटा प्रस्तुति रहेका थिए । गायिका सङ्गीता रानाप्रधान, गायक तीर्थराज पोखरेल, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा, नृत्याङ्गाना माया थापा, गायक प्रदीप सारुमगर, विमल लामिछाने, कोएष्टिक पौडेल र अभिषेक भुसालको प्रस्तुति थियो ।
उत्सवमा शास्त्रीय सङ्गीतको थरीथरीका रागमा पोखरेलीले झुम्ने अवसर पाएको शास्त्रीय सङ्गीत समाज गण्डकीका अध्यक्ष श्यामलाल श्रेष्ठले बताए । राणाकालीन समयदेखि नै पोखरामा शास्त्रीय संगीतको माहोल सुरु भएको उनले सुनाए । राणाकालीन समयको अन्त्यसँगै शास्त्रीय सङ्गीत ओेरालो लागेकामा श्रेष्ठको चिन्ता थियो ।
विभाग प्रमुख किराँतले पश्चिमा सङ्गीतको प्रभावले सङ्गीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति आकर्षण घटिरहेको बताए । यो उत्सवले नयाँ पुस्तालाई शास्त्रीय संगीतमा लाग्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार