विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १४:४२:१२
३१ वैशाख, काठमाडौं । पोखरा महानगरपालिका-३० खुदीस्थित खुल्ला चौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३० बस्ने २४ वर्षीय बसन्त राज घिमिरे, २६ वर्षीय किरण पौडेल र सोही महानगरपालिका(३२ गगनगौडा बस्ने २४ वर्षीय सन्देश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषधसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्की, २१ वर्षीय दीपक कार्की र २७ वर्षीय कुश कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको टोलीले उनीहरूको घर तलासी गर्दा नबिनलाई अवैध लागूऔषध चरेश १ सय ९५ ग्राम, दीपकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्राम र कुशलाई १५ मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय मिलन तामाङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रेम सुनारसहित ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरू उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-१ मेवाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० ग्रामसहित फुङलिङ नगरपालिका-३ बस्ने ३० वर्षीय सुवास चन्द्र दाहाल र २५ वर्षीय योगेश भारतीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले पाँचथरबाट ताप्लेजुङतर्फ आउँदै गरेको प्र.१-०३-००१ प २६१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुवै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० चकमेलीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाटलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्मा पेस
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार