कांग्रेसको माग सम्बोधन हुने गरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १५:५८:५७
३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षका नेतालाई छलफलमा बोलाएका छन् । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग राखेर गरिरहेको संसद अवरोध खुलाउन प्रधानमन्त्रीले सत्तापक्षका नेतालाई बोलाएका हुन् । सत्ता पक्षको छलफलपछि कांग्रेससँग छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।
सोमबार पूर्वी चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिक रूपमा छलफल भइरहेको र आज त्यो विषयलाई जसरी पनि निष्कर्षमा पुर्याउनुपर्ने बताएका थिए । आइतबार कांग्रेससँग छलफल गरेपछि प्रधानमन्त्रीले समिति गठन गर्ने कुरा सार्वजनिक रुपमै बताइरहेका छन् । सदनको गतिरोध अन्त्य भइसकेको छैन, आज यसबारे हामी टुंगोमा पुग्नु पर्नेछ । त्यसैले दलहरूबीच सघन छलफल हुन्छ भन्दै प्रधानमन्त्रीले चितवनबाट काठमाडौं फर्कन हतार गरेका थिए ।
नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आइरहेको छ । भोलि, मंगलबार संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । यसलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले आज जसरी पनि सहमति निकाल्ने बताएका छन् । प्रधानमन्त्रीको सचिवालयले सत्तापक्षको बैठक बस्ने तयारी भइरहेको जानकार दिएको छ ।
बैठकमा विशेषगरी प्रमुख प्रतिपक्ष दलले माग गरेको संसदीय छानबिन समिति गठनको विषयमा छलफल हुने सचिवालयले जनाएको छ । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिको माग भएको हो । पोखरा, बुटवल लगायतबाट प्राप्त प्रतिवेदनहरूले समितिको औचित्य र आवश्यकता पुष्टि भएको भन्दै कांग्रेसले जुनसुकै हालतमा समिति बनाउनुपर्ने माग गरिरहेको छ । उसले सदन बैठक चल्न दिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार