बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १६:५१:५९
♦ सुरुचि भण्डारी
३१ वैशाख, बारा । बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाइएको छ। निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वन कार्यालय नजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन्।
सिकारीहरूले निजगढ सबडिभिजन वन कार्यालयबाट करिब पाँच सय मिटर दक्षिणमा पर्ने निजगढ– ९ को आदर्श सदाबहार सामुदायिक वन क्षेत्रभित्र वयस्क हरिणलाई गोली हानेर मारेका हुन्।
जंगलमा बन्दुक पड्केको आवाज सुनेपछि वन कर्मचारीहरू तत्काल घटनास्थलमा पुगेका थिए। गस्ती टोली पुगेपछि मृत हरिण बोकेर लैजाने तयारीमा रहेका १५–१६ जनाको समूहमा रहेको सिकारी टोली भने भागेको थियो।
कार्यालयका रेन्जर निरज पोखरेलका अनुसार करिब दुई वर्ष उमेर र सय किलो तौलको सो हरिणलाई सिकारीहरूको समूहले डिभिजन वन कार्यालयको दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट करिब तीन मिटरभित्र जंगलमा दिउँसो ३ बजे गोली हानेर मारेका हुन। हरिणको गर्धनको ६ स्थानमा गोलीको छर्रा लागेको पाइएको रेन्जर पोखरेलले जानकारी दिए।
‘वन कार्यालयनजिकै जंगलमा लगातार चार–पाँचपटक बन्दुक पड्केको आवाज आयो । त्यसपछि हामी आवाज पड्केको स्थानतर्फ जाँदा १५–१६ जनाको समूहका सिकारीहरू हामीलाई देखेर भागे,’ उनले भने।
फरार सिकारीहरूको हुलियाको आधारमा उनीहरूलाई पहिचान गर्न र घटनाको थप अनुसन्धान गर्न टोली खटाइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ। सिकारी भागेपछि मृत अवस्थामा बरामद भएको हरिणलाई निजगढ सबडिभिजन वन कार्यालय परिसरमा ल्याएर स्थानीय जनप्रतिनिधिको रोहवरमा गाडिएको छ।
यसअघि वन क्षेत्रमा सिकारीहरूले डढेलो लगाएर सिकार गर्ने तथा डढेलोका कारण राजमार्ग तथा वस्तीसँगै रहेको वन क्षेत्रमा हरिण, मृग, चित्तलजस्ता वन्यजन्तु बस्न थालेपछि सिकारीहरूको समूहसमेत सक्रिय हुँदै आएका छन्।
केही समयअघि मात्रै डिभिजन वन कार्यालय बाराको रात्रि गस्ती टोलीले कोल्हवी नगरपालिकाको वन क्षेत्रबाट वन्यजन्तु सिकार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट भरुवा बन्दुकमा प्रयोग हुने बारुद फेला परेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार