प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी

नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १७:०:७

३१ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई जरिवानाको व्यवस्था गरेको छ ।
नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने अभियान सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको जनाउँदै प्रयोग गर्ने÷गराउनेले जरिवाना गरिने जनाएको छ ।
आगामी जेठ १ गते 'मंगलबार'देखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त घोषणा गरिँदै छ । सो दिनपछि प्लाष्टिक झोला प्रयोगकर्तादेखि उत्पादकसम्मलाई जरिवाना शुल्क निर्धारण गरिएको नगरपालिकाका वन तथा वातावरण समिति संयोजक रनसिं नेपालीले जानकारी दिए ।
उनका अनुसार यही वैशाख २३ गते कार्यपालिकाले ‘व्यास नगर प्लाष्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी कार्यविधि–२०८१’ पारित गरिसकेको छ । प्लाष्टिकका झोला प्रयोगकर्तालाई प्रथम पटक रु १०, दोस्रो पटक रु ५० जरिवाना शुल्क तोकिएको नेपालीले बताए । प्लाष्टिक झोला बिक्रेतालाई प्रथम पटक रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटकदेखि हरेक पटक रु तीन हजारका दरले जरिवाना हुने व्यवस्था गरिएको उनको भनाइ छ ।
उत्पादकलाई प्रथम पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवानाको व्यवस्था गरिएको छ । तत्पश्चात् पनि प्लाष्टिकका झोला प्रयोग गरेको भेटिएमा नाम सार्वजनिक गरी अन्य दण्ड सजाय हुने प्रावधान रहेको नेपालीले जानकारी दिए ।
कार्यविधिको उल्लङ्घन गर्ने उत्पादक र बिक्रेतालाई नगरपालिकाले व्यवसायिक दर्ता खारेजी तथा कारोबार बन्दका साथै पालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द गर्न सकिने चेतावनी दिएको छ ।
नगर क्षेत्रमा निषेधित प्लाष्टिकजन्य वस्तु उत्पादन, बिक्रीवितरण, आयातनिर्यात, भण्डारण तथा प्रयोग गरेको सूचना दिने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा कर्मचारीलाई जरिवाना रकमको ५० प्रतिशत दामासाहीले पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् ।
नगरभित्रका दिदीबहिनीलाई झोला बनाउने तालिम प्रदान गरी स्वरोजगार बनाउने अभियान नगरपालिकाले लिएको उनको भनाइ छ । महिलाहरुले उत्पादन गरेका कपडाका झोला प्रत्येक पसलपसलमा पुगिसकेका छन्”, उनले भनिन्, “नगरलाई सुन्दर र स्वच्छ बनाउने अभियानमा आमनगरवासी एकजुट भएर लाग्नुपर्छ ।”
नगरपालिकाले कपडाका झोला बनाउने तालिम प्रदान गर्नुका साथै पहिलो पटक प्लाष्टिकजन्य झोला प्रयोगमा रोक अभियान सुरु गदैछ । गत चैत र यही वैशाखमा व्यासका चौध वटै वडामा पुगेर प्लाष्टिकका झोलाका विषयमा सचेतना गराउने कार्य सम्पन्न गरिएको नगर कार्यालयले जनाएको छ ।
स्थानीय टोल विकास संस्था, सामाजिक संघसंस्था, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, मासु, दुग्ध, कपडा, किरानालगायत सबै व्यापारी, तनहुँ उद्योग वाणिज्य संघसँग व्यापक छलफल गरी अभियान अघि बढाइएको हो ।
नगरभित्र दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म प्लाष्टिकका झोला प्रयोग हुँदै आएको छ । प्लाष्टिकलाई न्यूनिकरण गर्न सकिए मात्रै सहरी सौन्दर्यमा वृद्वि भई वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सकिने व्यासका सरसफाई विज्ञ कृष्ण भण्डारीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
साँखुमा स्कुलबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार