देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १७:१:३४
३१ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरे सदनको गतिरोध अन्त्यका लागि सक्रियता देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा र रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर आजै मिल्न आग्रह गरेका छन् । मंगलबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर सदनको गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका सभामुख घिमिरेले दिउँसो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग संसद बैठकअघि सहमति गर्न आग्रह गरेका हुन् ।
सोमबार दिउँसो टेलिफोन गरेर सभामुख घिमिरेले देउवा र लामिछानेसँग नीति तथा कार्यक्रम तयारीबारे टेलिफोन संवाद गरेका हुन् । सभामुख घिमिरेले देउवा र लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
देउवाले संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताए । सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने जवाफ दिए । सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने समेत बताए ।
लामिछानेले नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राखे । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने बताए ।
यसअघि सोमबार नै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग पनि छलफल गरेका छन् । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार