ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १८:४४:१०
३१ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी आगामी तयारी योजना बारे जानकारी लिएका छन् ।
सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले थप तयारीका लागि अन्तर्राष्ट्रिय सहभागिता, प्रशिक्षण, खेल सामग्रीलगायतका विषयमा चासो व्यक्त गरेका थिए । भेटका क्रममा प्रशिक्षणका लागि प्रिन्स दाहालले माग गरेका खेल सामाग्री राखेपले तत्काल उपलब्ध गराएको छ ।
नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । उनी पेरिस ओलम्पिक २०२४ मा छनोट हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो । योसँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् ।
ओलम्पिक अन्तर्गत ब्याडमिन्टनमा यसपटक पुरुष ८३ र महिला ८३ सहित १ सय ६६ नियमित कोटा, ३ युनिभर्सालिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटमार्फत खेलाडी छनोट हुँदै छन् । प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा युनिभर्सालिटी कोटा मार्फत ओलम्पिक खेल्ने भएका हुन् ।
प्रिन्ससँगै युनिभर्सालिटी कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।
ओलम्पिक २०२४ फ्रान्सको राजधानी पेरिसमा यसै जुलाई २६ देखि अगस्त ११ सम्म आयोजना हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने
कात्तिक २९, २०८१ बिहिबार
यु–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज युएईसँग खेल्दै नेपाल
कात्तिक २८, २०८१ बुधबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार