माछापुच्छ्रे बैंकमा न्यू स्मार्ट तलब खाता खोल्ने ग्राहकलाई दुर्घटना बीमा बापतको १० लाख रकम भुक्तानी

नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १९:८:४६

३१ वैशाख, काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको आर्दशनगर वीरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादवको बाइक दुर्घटनामा मृत्यु पश्चात् उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार यही वैशाख ३० गते उक्त बीमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो ।
बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख सुशील थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका थिए ।
बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाखसम्म अस्पताल भर्ना एवं औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न
माघ २२, २०८१ मंगलबार
कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न
माघ २२, २०८१ मंगलबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार