कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै

नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार २१:१:१७

३० वैशाख, कर्णाली । कर्णाली प्रदेशमा जबर्जस्ती करणीका मुद्दा धेरै भएको पाइएको छ । उच्च अदालत सुर्खेतले आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा पुनरावेदन तहमा एक सय ६४ मुद्दा जबर्जस्ती करणीमा मात्र दर्ता भएका छन् । त्यस्तै, कर्तव्य ज्यान, सवारी ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत एक सय १३, लागूऔषधसम्बन्धी ५१, बाल तथा बहुविवाहका ४७ र सम्बन्ध विच्छेदका १६ मुद्दा पुनरावेदन तहमा दर्ता भएको उच्च अदालत सुर्खेतका वरिष्ठतम् न्यायाधीश कृष्णलाई भट्टराईले जानकारी दिनु ।
उनका अनुसार गतबर्ष सरी आएका एक सय ६० र नयाँ दर्ता भएका छ सय ८९ गरी कूल मुद्दा सङ्ख्या आठ सय ४९ रहेकोमा पाँच सय १८ फर्स्यौट भएका छन् । तीन सय ३१ मुद्दा फर्स्यौट गर्न बाँकी छन् । त्यस्तै, कैफियत प्रतिवेदनतर्फ ७६ मुद्दामा ६९ फर्स्यौट भएको न्यायाधीश भट्टराईले बताए । रिट निवेदनतर्फ ८५ मुद्दामा ५२ फर्स्यौट र ३३ बाँकी रहेको उहाँको भनाइ थियो । समग्रमा वैशाख ३० गतेसम्म ७९ प्रतिशत मुद्दा फर्स्यौट भएको जनाइएको छ ।
अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार काम गरिएको जनाउँदै वरिष्ठतम् न्यायाधीश भट्टराईले अन्यायमा परेका मान्छेहरूलाई महसुस हुने गरी न्याय सम्पादनका काम गरिएको बताए । अदालतले सार्वजनिक सरोकारका मुद्दाहरू महत्वका साथ हेर्दै आएको उहाँको भनाइ थियो । अदालतका शाखा अधिकृत खेमराज तिमल्सेनाले आव २०७७/७८ मा सात सय ३३, ०७८/०७९ मा नौ सय ५८ र २०७९/८० मा नौ सय २२ मुद्दा सङ्ख्या रहेको जनाउनुभयो । जसमा मुद्दाको फर्स्यौट क्रमशः : ६४, ७४ र ८३ प्रतिशत रहेको उहाँको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
हुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार