स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १३:८:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/pakrau-5_8ZcJycHcNU_QDgh45bprm.jpg)
१ जेठ, काठमाडौं । स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाई टाइपिङको रोजगारी उपलब्ध गराई दिने भन्दै सामाजिक संजालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत अश्लिल कुराकानी गर्न लगाउने र अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्लिल सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार