जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १३:१६:५४
१ जेठ, काठमाडौं । विभिन्न सहकारीको अर्बौं रकम घोटाला गरी फरार रहेका जिबी राईको राहदानी रद्द गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको हो ।
राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ । राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ । राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ । यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।
उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारले दाबी गर्दै आएको छ । प्रहरी प्रमुख आइजिपी बसन्त कुँवरले उनी मलेसियामा रहेको बताएका थिए । जसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीसँग फोनमा कुराकानी समेत गरेका थिए ।
अभियुक्तलाई पक्राउ गरी ल्याउन मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले कठिन भएको प्रहरीको भनाइ छ । उनलाई फिर्ता ल्याउन प्रहरीले उनको राहदानी नै रद्द वा रोक्का गर्ने तयारी गरेको हो । राहदानी ऐन, २०७६ को दफा १२ र दफा १५ अनुसार राहदानी रोक्का वा रद्द गर्न प्रहरीले माग गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार