मैले धेरै प्रयास गरे तर, दलहरुबीच सहमति नहुँदा संसदका विजनेश प्रभावित हुने देखियोः सभामुख
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १३:५८:५७
१ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदका गतिविधि प्रभावित हुने अवस्था आएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि दलका मुख्य सचेतक र सचेतकहरुसँग आज भएको छलफलमा उनले संसदका कारवाही रोकिने अवस्था सिर्जना भएको बताएका हुन् ।
सभामुख घिमिरेले आफूले संसदीय छानविन समिति बनाउने विषयमा दलहरूबीच सहमति जुटाउन अथक प्रयास गरेको बताए । लामो प्रयास गर्दा पनि दलका बीचमा संसदीय समिति बनाएर जाने कुरामा सहमति नभएको र अब नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित हुने देखिएको बताए ।
छलफलमा सभामुखले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको भन्दै राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदका बिजनेस प्रभावित हुने देखिएको जानकारी गराए ।
छलफलमा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने निर्णय गरेको जानकारी गराएकी थिइन् । उनले छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहने बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिएपनि बोल्न नपाएको बताए । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्ने माग बताउँदै गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताए । उनले धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा नहुने भन्दै कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए ।
सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूची र नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिए । उनले कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि आफूले सहमतिका लागि पहल गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार